दाङ वन्यजन्तु ओसारपसारको ट्रान्जिट बन्दै «

दाङ वन्यजन्तु ओसारपसारको ट्रान्जिट बन्दै

वन्यजन्तु तस्करीका लागि दाङ ट्रान्जिट केन्द्रका रूपमा प्रयोग हुँदै आएको छ ।
जिल्ला वन कार्यालय दाङको विगत तीनवर्षको तथ्यांकलाई अध्ययन गर्दा तस्करले दाङलाई वन्यजन्तु बेचविखनको केन्द्र बनाएर ओसारपसार तथा बिक्रीवितरण गरेका छन् । कार्यालयको तथ्यांकअनुसार तीनवर्षको अवधिमा ११ वटा वन्यजन्तु चोरी सिकारी तथा बेचविखनका घटना भएको जिल्ला वन कार्यालय दाङले जनाएको छ । तस्करीको मुख्य तारो चितुवा पर्ने गरेको छ ।
तीनवर्षका ११ घटनामध्ये ३ वटा अतिदुर्लभ चितुवाको छाला ओसारपसार तथा बिक्री वितरणसम्बन्धी मुद्दा परेको जिल्ला वन कार्यालय दाङका मुद्दा प्रमुख माधव तिमिल्सेनाले बताए ।
तिमिल्सेनाका अनुसार चालू आव ०७४-७५ को आठ महिनामा ५ वटा वन्यजन्तुको छाला ओसारपसारका घटनामा सातजना पक्राउ परेका छन् । नेपालमै दुर्लभ मानिने रेण्डपाण्डको छाला, एउटा कस्तुरीको बिना, दुईवटा चितुवाको छाला र एकवटा बँदेलको चोरी सिकारीसम्बन्धी छ । त्यस्तै गतआर्थिक ०७३(७३ मा वन्यजन्तु सम्बन्धी चारवटा घटनाका मुद्दा वन कार्यालयमा दर्ता भएका थिए । जसमा एउटा अवैध दुर्लभ मानिने चितुवाको छाला ओसारपसार तथा बिक्रीवितरण र प्mयाउरोको छाला ओसारपसार सम्बन्धी रहेको मुद्दाप्रमुख तिमिल्सेनाले बताए । उनका अनुसार सोही वर्ष नै तुलसीपुरमा जरायोको सुकुटी ओसारपसार तथा देउखुरीमा गुडिरहेको गाडीले मृग मारेको सम्बन्धी मुद्दा कार्यालयमा परेको जिल्ला वन कार्यालयले जनाएको छ । त्यस्तै आव ०७२-७३ मा दुईवटा वन्यजन्तुसम्बन्धी मुद्दामा दुई जनालाई पक्राउ गरी कारबाही गरिएको वन कार्यालयले जनाएको छ । जसमा एकवटा चितुवाको छाला र एकवटा हुडार छाला ओसारप्रसार तथा बिक्रीसम्बन्धी घट्ना रहेको कार्यालयले जनाएको छ ।
पक्राउ परेका अभियुक्तलाई जंगली वन्यजन्तु ऐनअनुसार कम्तीमा ६ महिनादेखि १५ वर्षसम्म जेल वा १० हजारदेखि २५ हजारसम्म नगद जरिवाना हुने कानुनी व्यवस्था छ । तिमिल्सेनाका अनुसार दाङमा वन्यजन्तुको चोरी सिकारी भन्दा पनि राप्तीका पहाडी जिल्ला रोल्पा र प्युठानतिर मार्ने र दाङलाई केन्द्र बनाएर बिक्री हुने गरेको अनुसन्धानमा फेला परेको छ । “मुख्य गरेर दाङमा केन्द्र बनाएर बिक्रीवितरणको काम भएको अध्ययनले देखाएको छ,” उनले भने । करिब दुई तीन वर्षको तथ्यांकलाई हेर्ने हो भने दाङमा वन्यजन्तुको चोरी सिकारीभन्दा पनि बिक्रीवितरण हुने गरेको पाइएको छ,” जिल्ला वन कार्यालयका मुद्दा प्रमुख तिमिल्सेनाले भने, “दाङमा मासुका लागि जरायो र बँदेल मार्ने गरिएको पाइन्छ ।” जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहका अनुसार पछिल्लो समय दाङलाई ट्रान्जिट बनाएर अवैध दुर्लभ वन्यजन्तुको छाला, हाड तस्करी बढेको छ । “दाङमा तस्करीभन्दा पनि दाङलाई ओसारपसारको केन्द्रको रूपमा तस्कारले प्रयोग गर्ने गरेका छन्,” उनले भनिन्, “त्यो रोक्न प्रहरी सक्रिय छन् ।” संरक्षित वन्यजन्तुहरू रेण्डपाण्डा, कस्तुरी, चितुवालगायतका जनवारका मुद्दामा जिल्ला वन कार्यालयले अनुसन्धान गरे पनि अन्तिम फैसल्ला अदालतले गर्ने गरेको कार्याललये जनाएको छ ।
अमरराज आचार्य 

प्रतिक्रिया दिनुहोस्