एसईई परीक्षार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना «

एसईई परीक्षार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना

एनसेल २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरूका लागि ‘पहिलो सिम’ ल्याएको छ ।
योजनाअन्तर्गत परीक्षार्थीले एक रुपैयाँमा एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आइफ्लिक्स भिडियो स्ट्रिमिङ र माइफाइभ सेवाको फाइदा लिन सक्नेछन् । यसका साथै परीक्षार्थीले विशेष तथा सुलभ डेटा प्याकसँगै हरेक रिचार्जमा बोनस डेटा र एसएमएसको लाभ लिन सक्नेछन् । सोमबारदेखि लागु हुने यो योजनामा एसईई परीक्षाका परीक्षार्थीले परीक्षा प्रवेशपत्र र आफ्नो आमाबुवाको नागरिकताको फोटोकपी बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्ने कम्पनीले जनाएको छ ।
योजनाअन्तर्गत सिम खरीद गर्ने परीक्षार्थीले दैनिक ३ घण्टा बेलुका ११ बजेदेखि अर्को दिनको साँझ ५ बजेसम्म आइफ्लिक्समा रहेका सामग्री निःशुल्क हेर्न सक्नेछन् । आइफ्लिक्स विश्वका विकासशील बजारहरूका लागि अग्रणी मनोरञ्जन सेवा प्रदायक हो ।
परीक्षार्थीले आइफ्लिक्समा रहेका कुनै पनि कार्यक्रम तथा भिडियो हेर्न सक्नेछन् । पहिलो सिम सुचारु गर्न ग्राहकले ५० रुपैयाँ वा सो भन्दा बढीको रिचार्ज गरेपछि विना कुनै अतिरिक्त शुल्क माइफाइभ समूहको ५ वटा नम्बरमा ३० दिनसम्म अनलिमिटेड कल सेवा लिन सक्नेछन् । माइफाइभ समूहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समावेश गर्न सक्छन् । माइफाइभ समूहमा ३० दिनपछि कल गर्दा प्रतिमिनेट करबाहेक ९९ पैसा शुल्क लाग्नेछ ।
एस्ट्रिक्स ५५४४ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफूले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समूहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समूहमा ५ वटा नम्बर राखी सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्नेछ । एक वर्षसम्म ५० रुपैयाँ वा सोभन्दा बढीको हरेक रिचार्जमा एसईई परीक्षार्थीले १०० एमबि डेटा र १०० एसएमएस बोनसस्वरूप प्राप्त गर्नेछन् । बोनसस्वरूप प्राप्त डेटा तथा एसएमएस २४ घण्टाको लागि मान्य रहनेछ ।
यो योजनाअन्तर्गत परीक्षार्थीले डे डेटा प्याक अन्तर्गत करसहित मात्र २० रुपैयांमा ३०० एमबि डेटा प्रयोग गर्न सक्नेछन् । परीक्षार्थीले कम्तीमा ७ पैसा प्रतिएमबिमा डेटा सेवाको फाइदा लिन सक्नेछन् भने करसहित मात्र २० रुपैयाँमा नाइट डेटा प्याक अन्तर्गत बेलुका ११ बजे देखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको लाभ लिन सक्नेछन् । नाइट डेटा प्याक २४ घण्टाको लागि मान्य रहनेछ ।
परीक्षार्थीले एस्ट्रिक्स १७१०३ ह्यास डायल गरी यो अफर अन्तर्गतको डेटाको सेवा लिन सक्नेछन् । एसईई २०७४ को परीक्षार्थीहरूका लागि यो विशेष योजना ल्याउन पाउँदा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ । यो अफरले परीक्षार्थीहरूको भ्वाइस, डेटा तथा एसएमएस सेवाको आवश्यकतालाई सम्बोधन गर्दै उनीहरूको मनोरञ्जनको लागि हरेक दिन ३ घण्टा आईफ्लिक्समा रहेका कुनै पनि सामाग्री निःशुल्क हेरेर मजा लिन सक्नेछन् । यो योजना सुरु भएको दिन देखि ९० दिन सम्मको लागि मान्य रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्