सन राइज बैंकको बानियाटार शाखा स्थानान्तरण

सन राइज बैंकले बानियाटार शाखालाई टोखामा स्थानान्तरण गरेको छ । टोखा नगरपालिका ८ (साविकको स्थानबाट करिब ३० मिटरको दूरी) मा शाखा स्थानान्तरण गरिएकोे बैंकले जनाएको छ । आइतबार एक कार्यक्रमबीच बैंकका अध्यक्ष मोतीलाल दुगडले बानियाटार शाखाको उद्घाटन गरे । बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले पायक पर्ने ठाउँमा उक्त शाखा स्थानान्तरण गरेको भन्दै सेन्ट्रल पार्क विशालनगरमा एटीएम सञ्चालनमा ल्याएको पनि बैंकले जनाएको छ । सेन्ट्रल पार्क एटीएमको उद्घाटन सेन्ट्रल पार्कका अध्यक्ष कल्याण पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रूपमा गरे । हाल सन राइज बैंकले मुलुकभर आफ्नो ७६ वटा शाखा, ९५ वटा एटीएम, २० वटा शाखारहित बैंकिङ सेवा र ३ वटा एक्स्टेन्सन काउन्टरबाट आधुनिक एवं सर्वसुलभ बैकिङ सेवाहरू प्रदान गर्दै आएको छ । साथै, मर्चेन्ट बैकिङ तथा इन्भेष्टमेन्ट बैकिङ कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन राइज क्यापिटल लि. रहेको छ ।