१ सय २८ अमेरिकी सामानमा चीनको भन्सार घोषणा «

१ सय २८ अमेरिकी सामानमा चीनको भन्सार घोषणा

अमेरिकाले लगाएको भन्सारको बदलामा चीनले पनि मासु, फलफूल र अन्य अमेरिकी उत्पादनमा नयाँ भन्सार लगाउने घोषणा गरेको छ । यसले विश्वका दुई ठूला अर्थतन्त्रबीच सम्भावित व्यापार युद्धको त्रास उचाईमै पुराएको छ ।
अप्रिल १ को विज्ञप्तिमा चीनको अर्थमन्त्रालयले यो कदमको घोषणा गरेको हो । यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृत गरेको करको ब दलाको रुपमा हेरिएको छ । ट्रम्पले आयातीत स्टिल र आल्मुनियममा अतिरिक्त भन्सारको घोषणा गरेका थिए । चिनियाँ अधिकारीहरुले विगतका केही सातादेखि आफ्नो मुलुकले पनि अमेरिका बिरुद्ध कदम उठाउने चेतावनी दिँदै आएका थिए ।
यो भन्सार सोमबारदेखिनै कार्यान्वयमा आएको अर्थ मन्त्रालयलको विज्ञप्तिमा उल्लेख छ ।
चीनको भन्सार आयोगले सुगुरको मासुजन्य उत्पादन र आल्मुनियममा २५ प्रतिशतले भन्सार बढाएको छ । चीनले १ सय २५ अन्य अमेरिकी बस्तुहरुमा पनि १५ प्रतिशतको थप भन्सार लगाएको छ । यसमा बदामदेखि लिएर स्याउ समेत रहेका छन् ।
यो अतिरिक्त भन्सारले अमेरिकाका १२८ प्रकारका सामग्रीहरु प्रभावित हुने बताइएको छ । चीनले घोषणा गरेको नयाँ भन्सार सरकारले मार्च २३ मै प्रस्ताव गरेको सूची अनु्सारकै भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उक्त समयमा अमेरिकाले प्रभावित अमेरिकी सामानको आयात मूल्य २०१७ मा ३ अर्ब डलरको भएको चीनले जनाएको छ । यसमा ताजा फलफूल, वाइन, सुख्खा फलफूल र स्टिलका पाइप लगायतका विषयहरु समावेश छन् ।
३ अर्ब डलरको अमेरिकी आयातलाई निसाना बनाउने निर्णय महत्वपूर्ण हो । तर यो द्विपक्षिय व्यापार सम्बन्धको आकारमा समुद्रमा पानीको थोपा बराबर हो । अमेरिकाले २०१६ मा चीनमा कुल ११५.६ अर्ब डलरको निर्यात गरेको आधिकारिक तथ्यांकले देखाएको छ ।
ह्वाइट हाउसले यो विषयमा हालसम्म पनि कुनै प्रतिक्रिया जनाएको छैन ।
चीनको यो बदला ट्रम्पको स्टिल र आल्मुनियमको भन्सारको बदलामा हो । यसले अमेरिकी किसानहरुलाई मार पर्ने बताइएको छ । उनीहरु मध्ये धेरैजसोले २०१६ को चुनावमा ट्रम्पलाई मत दिएका थिए । अमेरिकी किसानले २०१७ मा चीनमा झन्डै २० अर्ब डलरको सामान निर्यात गरेका थिए । अमेरिकी पोर्क उद्योगले १.१ अर्ब डलरको सामान निर्यात गरेको थियो । यसले चीन अमेरिकाको तेस्रो ठूलो पोर्क बजार भएको थियो ।
चीनको यो व्यापार बदला ट्रम्पले मार्च घोषणा गरेको चिनियाँ आयातमा ६० अर्ब डलसम्मको नयाँ भन्सार लगाउने योजनाको बिरुद्धमा होइन् ।
चीनले आयात गर्दै आएको सामग्रीमा अमेरिकामा मात्रै उत्पादन हुदैनन् । त्यसैले यसले चीनलाई ठूलो नोक्सानी हुने अवस्था देखिदैन । चीनले यी बस्तुको आयात अन्य मुलुकबाट सहजै रुपमा प्राप्त गर्न सक्ने अर्थशास्त्रीहरुले बताएका छन् ।
बेइजिङले १८ को सामग्रीको सूचीमा थप गर्न सक्ने सम्भावना पनि यथावतै छ ।
१२८ उत्पादनमा भन्सार लगाउने चीनको पहिलो चेतावनीपछि नोबेल पुरस्कार विजेता अर्थशास्त्री रोबर्ट शिलरले जस्तालाई तस्तैको व्यापार नीति आउन सक्ने र यसले आर्थिक संकटको अवस्था ल्याउन सक्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्