आइएमई जनरल र कृषक सहकारीबीच औषधोपचार सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाबिच संस्थाका सदस्यहरूको स्वास्थ्य बिमा तथा सामूहिक दुर्घटना बिमा गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरे ।
सम्झौतापश्चात् सहकारी संस्थाका भरपर्दो नियमित जीवन सहारा बचत योजना अन्तर्गतका ५ सयजना भन्दा बढी सदस्यहरूको स्वास्थ्य बिमा तथा सामूहिक दुर्घटना बिमा हुनेछ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सहकारी संस्था आफैले बिमा शुल्क भुक्तानी गरेर आफ्ना ग्राहकको ५० हजारको औषधोपचार बिमा तथा १ लाखको व्यक्तिगत दुर्घटना बिमा गरी आफना ग्रहाकहरूको हितलाई सदैव ध्यानमा राखी सराहनीय कार्य गरेकोमा सहकारी संस्थाका अध्यक्ष लगायत संचालक समितिलाई धन्यवाद दिए । सोही अवसरमा संस्था तथा संस्थासंग आबद्ध सदस्यहरूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बिमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीले बैंक तथा वित्तीय संस्थाहरू, व्यापारिक प्रतिष्ठानहरू, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहकहरूसंग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बिमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्न व्यवस्थापन प्रतिबद्ध रहेको जानकारी दिए ।