थाइ ब्रान्ड जीपीएक्स मोटरसाइकल नेपालमा «

थाइ ब्रान्ड जीपीएक्स मोटरसाइकल नेपालमा

थाइल्यान्डको जीपीएक्स ब्रान्डका मोटरसाइकलको बिक्री सुरु भएको छ । नेपालका लागि जीपीएक्स मोटरसाइकलको आधिकारिक विक्रेता ओमेगा अटोमोबाइल्स प्रालिले शुक्रबार उक्त मोटरसाइकल औपचारिक रूपमा सार्वजनिक गरेको हो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले ग्वार्कोमा रहेको मोटरसाइलको सोरुम उद्घाटन र औपचारिक बिक्री सुरु गरेका हुन् । कम्पनीले हाल २ सय सीसीको लेजेन्ड, २ सय सीसी जेन्टरम्यान र १ सयय ५० सीीसको डेमोन बजारमा ल्याएको छ । कम्पनीले छिट्टै आफ्नो सञ्जाल बढाउँदै देशभर पुर्याउने जनाएको छ । कम्पनीले लेजेन्डको ३ लाख ७३ हजार, जेन्टरम्यानको ३ लाख ९३ हजार र डेमोनको ३ लाख २३ हजार रुपैयाँ मूल्य तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्