हलिउड स्टारले सोफियालाई चुम्बन गर्ने प्रयास गरेपछि …..

सामजिक सञ्जालमा एक भिडियो व्यापक भाइरल भइरहेको छ । विश्वभरीमा ह्युमनाएड रोबो सोफियाको चर्चा व्यापक चलिरहेको छ । यसको कारण यो छ कि सोफिया सामान्य मानिस जस्तै देखिन्छिन् । हालसालै हलिउड स्टार विल स्मिथले यूट्यूबमा एक भिडियो पोस्ट गरेका छन् । जसमा उनी सोफियालाई डेट गरेको देखिएका छन् । उनले यो भिडियो सेयर गरेका थिए । सोफियाले ६२ किसिमबाट अनुहारको हाउभाउ दिन्छिन् । तर जब उनी विल स्मिथको सामुन्नेमा बसिन उनी पनि द्विविधामा परे । जब विल स्मिथले सोफियालाई चुम्बन गर्ने प्रयास गरे तब सोफियाले तिमी मेरो साथी बन्न सक्छौ भनिन् । यसपछि सोफियाले विल स्मिथलाई आखा पनि झिम्क्याइन् ।
सोफिया केही समय अगाडि मात्रै नेपाल आएकि थिइन् । उनले नेपाली दर्शकले सोधेको विभिन्न प्रश्नको उत्तर पनि दिएकि थिइन् । उनी नेपाल मात्रै होइन भारत पनि गएकि थिइन् । उनलाई भारतमा बलिउडको मन पर्ने अभिनेता को हो भनि पनि सोधिएको थियो । उनले यसको उत्तरका लागि कुनै समय खर्च नगरिकन शाहरुख खान भनेकि थिइन् ।
यो रोबोटाई साउदी अरबले नागरिकता पनि दिएको छ । यती मात्रै होइन कि देशको नागरिकता प्राप्त गर्ने सोफिया विश्वकै पहिलो रोबोट हो ।