जीओे अटोमोबाइल्सले ल्यायो नयाँ फोर्ड मुस्ताङ

नेपालका लागि फोर्ड गाडीका आधिकारीक विक्रेता जीओ अटोमोवाइल्सले फोर्ड मुस्ताङ सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमबीच नेपालका लागि अमेरिकी राजदूत अलाइन बी टेप्लिजले मुस्ताङ सार्वजनिक गरेकी हुन् । गत भदौमा भएको नाडा अटो शोमा फोर्ड मुस्ताङ प्रदर्शनीका लागि राखिएको थियो । उक्त समयमा गाडीका पारखीहरूद्वारा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेपछि मुस्ताङ गाडी नेपाल भित्र्या एको कम्पनीले जनाएको छ । फोर्ड मुस्ताङ विश्वमा नै आफ्नो स्टाइल, कार्यकौशलता, शक्तिशाली इन्जिनको लागि प्रख्यात छ ।
यस फोर्ड मुस्ताङ ५.० लिटर , भीएट इन्जिन जडान गरिएको छ जसले ४५० पीएस पावरको शक्ति प्रदान गर्दछ । ६ स्पिड म्यानुल ट्रान्समिसनयुक्त फोर्ड मुस्ताङ हेर्दैमा अति आकर्षक र शक्तिको अनुभुति प्रदान गर्ने खालको डिजाइन छ । यो गाडीको सुरुवाती मूल्य १ करोड ६९ लाख रुपैयाँ तोकिएको छ ।