रुसद्वारा विश्वको कुनैपनि कुनामा मार हान्न सक्ने क्षेप्यास्त्र परिक्षण «

रुसद्वारा विश्वको कुनैपनि कुनामा मार हान्न सक्ने क्षेप्यास्त्र परिक्षण

मस्को- रूसले शुक्रबार दोस्रो पटक नयाँ अन्तरमहाद्विपीय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) को परीक्षण गरेको देशको रक्षा मन्त्रालयले ट्विटमार्फत् जनाएको छ ।
सर्मत नाम गरेको यो परमाणु हतियारले हालको भियोभोदा नामक सोभियत युगको क्षेप्यास्त्रलाई विस्थापित गर्नेछ । रूसको रक्षा मन्त्रालयले ट्विटमार्फत आईसीबीएमले उडान भरेको दृश्य देखाएको थियो ।सर्मतको यो दोस्रो परीक्षण हो । पहिलो परीक्षण गत वर्षको अन्त्यमा गरिएको थियो ।यो परीक्षण रूसको पश्चिमी भागको प्लेसेटस्क कस्मोड्रोममा गरिएको थियो ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मार्चमा क्षेप्यास्त्र सार्वजनिक गरेका थिए । उक्त समयमा उनले आईसीबीएम विश्वको कुनै पनि भू–भागमा मार हान्न सक्षम भएको बताएका थिए ।परमाणु हतियारको विषयलाई लिएर केही मुलुकबीच तनाव बढ्दै गएको प्रति चिन्ता व्यक्त गरिएको छ । उत्तर कोरियाले पनि आईसीबीएमको परीक्षण गर्दै आएको छ ।
बेलायतले रूसी पूर्व दोहोरो एजेन्ट सर्गेइ स्क्रिपाललाई विष दिएको आरोप लगाएर रूसी कूटनीतिज्ञलाई देश निकाला गरेपछि प्रमुख राष्ट्रहरूसँग विवाद चर्केको समयमा यो परीक्षण गरिएको हो । अमेरिका र अन्य मुलुकहरूले पनि केही रूसी कूटनीतिज्ञलाई देश निकाला गरेका छन् । क्रेमलिनले पनि बिहीबार ६० अमेरिकी कूटनीतिज्ञलाई रूसबाट देश निकालाको घोषणा गरेको थियो ।
रूस र अमेरिकाले पछिल्लो समयमा अमेरिकाले रोक्न नसक्ने हाइपरसोनिक क्षेप्यास्त्रको पनि परीक्षण गरिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्