गाउँका स्वास्थ्य चौकीमा औषधी अभाव «

गाउँका स्वास्थ्य चौकीमा औषधी अभाव

पर्वत – फलेवास नगरपालिका वडा नंं ११ पाराङ्गमा रहेको पाङ्गराङ्ग स्वास्थ्य चौकीमा आइरन चक्की सकिएको एक महिनाभन्दा बढी भैसक्यो । दैनिकजसो चेकजाँचका लागि आउने गर्भवती आइरन चक्की लैजानबाट वञ्चित भएको महिनौं दिनसम्म पनि उपलब्ध हुन सकेको छैन । आइरन चक्कीमात्र हैन, एसीलक, एमोक्सिलीन, सिटामोलजस्ता औषधी पनि धेरै दिनदेखि अभाव रहेको छ । यो स्वास्थ्य चौकीमा मात्रै निशुःक वितरण गर्ने पाँच प्रकारका औषधीको अभाव छ । पर्वत । फलेवास नगरपालिका वडा नंं ११ पाराङ्गमा रहेको पाङ्गराङ्ग स्वास्थ्य चौकीमा आइरन चक्की सकिएको एक महिनाभन्दा बढी भैसक्यो । दैनिकजसो चेकजाँचका लागि आउने गर्भवती आइरन चक्की लैजानबाट वञ्चित भएको महिनौं दिनसम्म पनि उपलब्ध हुन सकेको छैन । आइरन चक्कीमात्र हैन, एसीलक, एमोक्सिलीन, सिटामोलजस्ता औषधी पनि धेरै दिनदेखि अभाव रहेको छ । यो स्वास्थ्य चौकीमा मात्रै निशुःक वितरण गर्ने पाँच प्रकारका औषधीको अभाव छ । त्यस्तै महाशिला गाउँपालिका वडा नं. ४ पाखापानीमा रहेको स्वास्थ्य चौकीमा पनि एमोक्सिलिन, साईनेक्स, सिटामोल, घाउमा लगाउने पट्टीलगायतका औषधीहरूको अभाव छ । यसै त सरकारी स्वास्थ्य चौकीमा कमै मात्रामा बिरामीहरू आउँछन् ।  त्यसमा पनि सबैजसो औषधीहरू अभाव भएपछि बिरामीलाई वितरण गर्न समस्या भएको गुनासो उनीहरूले गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले पर्याप्त मात्रामा औषधी नदिँदा अभाव हुने गरेको हो । यी दुईवटा स्वास्थ्य चौकीमात्र हैन, सदरमुकाम बाहिरका अधिकांश स्वास्थ्य चौकीमा औषधीको अभाव हुने मसस्या लामो समयदेखिको हो । पटक पटक औषधी अभाव र म्याद गुज्रेका भेटिए पनि जिल्ला स्वास्थ्य कार्यालयले चासो दिन सकेको छैन । “जिल्लाबाट धेरै टाढा रहेका संस्थाहरूमा एकपटकमा एक महिनालाई पनि नपुग्ने औषधी पठाउँछ अनि ३-४ महिनासम्म पठाउँदैन,” पाखापानी स्वास्थ्य चौकीका प्रमुख अहेब जशेन्द्र बहादुर शाहीले भने, “पर्याप्त औषधी नपठार्ईदिँदा बिरामीहरू निजी स्वास्थ्य संस्थामा जान बाध्य भएका छन् ।” अर्कोतर्फ सरकारले दिने औषधी गुणस्तरीय नहुँदापनि बिरामीहरू निजी मेडिकलमै पुगेर औषधी खरिद गर्ने गरेका छन् । पछिल्लो समय स्थानीय तहमार्फत औषधीको आपूर्ति गर्नुपर्ने भएपनि स्वास्थ्यमा निकै न्यून बजेट विनियोजन गरेका कारण पर्याप्त आपुर्ति हुन नसकेको हो । स्थानीय तहले डेढ लाखदेखि तीन लाखसम्म स्वास्थ्य क्षेत्रमा बजेट बिनीयोजन गरेका छन् । त्यति रकमले धेरै स्वास्थ्य संस्थालाई औषधी खरिद गर्न अपुग हुने गरेको पाइएको छ ।  यता पाङराङ स्वास्थ्य चौकीका प्रमुख अशोककुमार यादवले पटक पटक जिल्लामा र स्थानीय तहमा औषधी माग गर्दा पनि नपठाईदिएको गुनासो गरे । उनले भने, “पटक पटक माग गरेका छौं, तर मागअनुसारको औषधी आइपुगेको छैन ।” गर्भवती महिलाहरूलाई आइरन चक्की किन्नका लागि समेत निजी क्लिनिकमा पठाउनुपरेको गुनासो उनीहरूको छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले जिल्लाबाट उपलब्ध हुने जिल्ला स्वास्थ्य कार्यालयवाट र अन्य औषधी नगरपालिकाले खरिद गरेर सबै स्वास्थ्य चौकीहरूमा पठाएको बताए । उनले मागअनुसार औषधी सबै स्वास्थ्य चौकीमा पठाएको दाबीसमेत गरे । स्थानीय तहले पनि स्वास्थ्यमा पर्याप्त रकम विनियोजन नगर्दा र समयमै औषधी खरिद नगर्दा जलजलाको नाङलीवाङ, बनौ, मोदीको भुकताङ्ले स्वास्थ्य चौकीमा पनि औषधीको अभाव रहेको पाइएको छ ।जिल्ला स्वास्थ्य कार्यालय पर्वतका स्टोरकिपर रघुनाथ रेग्मीले जिल्लामा उपलब्ध भएअनुसारको औषधी सबै स्वास्थ्य संस्थाहरूमा पठाएको दाबी गरे । उनले भने, “औषधी सकिएका स्वास्थ्य चौकीहरूले नियमित रूपमा माग नगर्दा र सदरमुुकाम आएर नलैजाँदा केही स्वास्थ्य संस्थाहरूमा अभाव भएको हुनसक्छ । अहिले पर्याप्त औषधी आएको छ, हामी तत्काल पठाउँछौं ।”

प्रतिक्रिया दिनुहोस्