प्रधानमन्त्रीको भारत भ्रमण सद्भावका निम्ति : परराष्ट्रमन्त्री

गुल्मी-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको आगामी भारत भ्रमण सद्भावका लागिमात्रै भएको बताएका छन् । गठबन्धनको स्थिर सरकार गठन भएकाले भारतले आफूहरुसँग सहकार्य गर्न चाहेकाले प्रधानमन्त्रीको भारत भम्रण तय भएको उनले बताए ।
ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणले भारत र नेपालबीचको केही समयदेखिको तिक्तता मेटिने विश्वास व्यक्त गरे । देशमा स्थिर गठबन्धन सरकार गठन भएकाले यो पहिलो वर्ष धेरै महत्पूर्ण उच्चस्तरीय भ्रमणहरु हुने उनले बताए । “धेरै देशसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्ने लक्ष्य यो सरकारको हो । यो वर्ष थुप्रै मुलुकको भ्रमण हुन्छ,” उनले भने, “सबैले देशमा स्थिर सरकार गठन भई शान्तिको वातावरण कायम भएको सन्देश पुर्या उने छन् ।”
देशमा लगानीको वातावरण सिर्जना भएको भन्दै उनले अब निजी क्षेत्रमार्फत् देश अर्थिक विकासको तिव्र गतिमा अगाडि बढ्ने बताए । गुल्मी उद्योग वाणिज्य संघद्वारा आयोजित तेस्रो गुल्मी महोत्सवको उद्घाटनपछि सम्बोधन गर्ने क्रममा ज्ञवालीले देशमा निर्माण भएको बाम एकता र पाँच वर्ष चल्ने स्थिर सरकार देश विकास र समृद्धिको कोसेढुंगा सावित हुने दाबी गरे । “जनताले स्पष्ट बहुमतका साथ हामीलाई विजयी बनाएका छन्, उनीहरुको मतलाई खेर हामीले फाल्दैनौं,” ज्ञवालीले भने ।
उनले सरकार पाचँ वर्षसम्म चल्नुमात्र ठूलो कूरा भनई देशको आर्थिक समृद्धि महत्वपूर्ण भएको बताए । उनले अहिलेको सरकार झारा टार्नमात्र नभई देश विकास गर्न गठन भएको दाबी गरे । एमाले नेतासमेत रहेका मन्त्री ज्ञवालीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताए ।