चार वर्षभित्रै हजारौं एआई कार «

चार वर्षभित्रै हजारौं एआई कार

चालकविहीन वाहन (सेल्फ ड्राइभिङ भेइहल) युग सुरू भएपछि मानिसहरूले गाडी चलाउन पाउने वा नपाउने बहस सुरू भइको छ । कृत्रिम बौद्धिकता (एआर्ई)को प्रयोगले हालसम्मका मेसिनलाई धेरै चलाख र तीव्र बनाउँदै आएको छ । एआर्ईको प्रयोगसमेत गरी सेल्फ ड्राइभिङ वाहनको निर्माण विकसित देशहरूमा तीव्र बन्दै गएको छ । सेल्फ ड्राइभिङ कारको प्रयोगपछि मानिसलाई वाहन चलाउन दिन नहुने माग एकथरिले अगाडि बढाइरहेका छन् भने अर्कोथरिले यसलाई मानिसको स्वतन्त्रतासँग जोडेर हेर्न थालेका छन् ।
गुगल आबद्ध वेमो कम्पनीले २० हजार स्वचालित जगुआर ट्याक्सी किन्ने योजना सार्वजनिक गर्दै यस्तो बहसलाई अगाडि बढाएको हो । सेल्फ ड्राइभिङ कारहरूको स्तरोन्नति गर्ने कार्य एआर्ईजस्ता अत्याधुनिक प्रविधिबाट हालको वर्षमा तीव्र भएयता धेरैले वाहन चलाउन पाउने इजाजत पत्र(लाइसेन्स) दिन नहुने माग अगाडि बढाइरहेका बेला स्वचालित वाहनको परीक्षणमा सक्रिय गुगलसम्बद्ध कम्पनी वेमोले यो प्रस्तावको विपक्षमा उभ्याएको छ । योसँगै विश्वभर चार वर्षको अवधिमा बजारमा आउने कारको संख्या हजारौं रहने प्रक्षेपण विज्ञहरूले गरेका छन् । सोफिया रोबोट नेपालमा आएको चर्चा चलिरहँदा सोफियामा जडान भएजस्तै आर्टिफिसियल इन्टिलिजेन्ट (एआई) प्रविधि जडित कारहरू विश्वमा ल्याउन दर्जनौं कम्पनी लागिपरेका छन् ।
न्यूयोर्क सिटीमा आयोजित एक सञ्चार समारोहमा वेमोका प्रमुख कार्यकारी जोन क्राफसिकलाई यस्तो प्रश्न सोधिएको थियो– “सेल्फ ड्राइभिङ कारको उदयपछि मानिसहरूलाई वाहन हाँक्न पाउने लाइसेन्सलाई विस्थापित गर्नुपर्ने आवश्यकताबारे तपाईंको बुझाइ कस्तो छ ? तपाईं यस्तो सोच्नुहुन्छ ?” उनले जवाफ फर्काए, “होइन म यस्तो सोच्दिन ।” उनको यो भनाइ वेमोले जगुआर ल्यान्ड रोभरबाट २० हजार इलेक्ट्रिक भेइकल किन्ने योजना सार्वजनिक गरेपछि आएको हो । वेमोले ती इलेक्ट्रिक वाहनलाई रोबोटिक सवारी सेवा उपलब्ध गराउने उद्देश्यले किन्न लागेको हो ।
वेमोले सेल्फ ड्राइभिङ कारको दौडमा आफूलाई अगाडि सार्दै स्वचालित वाहनको परीक्षण गर्ने सर्वाधिक धेरै परीक्षण गर्ने कम्पनीको रूपमा आफूलाई उभ्याएको हो । यस्ता सेल्फ ड्राइभिङ कारको दौडमा टेस्ला र उबर जस्ता कम्पनी रहेका छन् । टेस्लाको प्रमुख एवं प्रविधि क्षेत्रका अर्बपति एलन मस्क वेमोका प्रमुख कार्यकारी क्राफसिक भन्दा विपरीत धारणाका पक्षपाती हुन् । मस्क भविष्यमा मानिसलाई गाडी हाँक्न दिन नहुने पक्षमा वकालत गर्दै अएका व्यक्ति हुन् ।
विभिन्न कार्यक्रममा सेल्फ ड्राइभिङ भेइकलको विस्तारबारे वकालत गर्दै मस्कले भविष्यमा मानिसहरूलाई गाडी हाँक्न नदिने गरी लाइसेन्स वितरणमा प्रतिवन्ध लगाउनुपर्ने माग गर्दै आएका छन् । सन्  २०१५ मा आयोजित एक समारोहमा उनले भनेका थिए, “दुई टन वजन भएको मृत्युको मेसिनलाई कुनै एक व्यक्तिलाई हाँक्न दिन तपाईं अनुपति कसरी दिन सक्नु हुन्छ ? सेल्फ ड्राइभिङ कार भनेको मानिसलाई तल्लो तलाबाट माथिल्लो तलामा र माथिल्लो तलाबाट तल्लो तलामा ल्याउने लैजाने लिफ्ट जस्तो हो ।” मस्कको यो धारणासँग धेरै मानिस सहमत हुँदै आएका छन् । यसमा टेक कम्पनी इनर्जी माइनका प्रमुख कार्यकारी ओमार रहिम पनि एक हुन् । “गाडी चलाइरहेका बेला मानिसका भावनाहरू मनभित्र खेलिरहेका हुन्छन र उसका सबै अनुभवहरू त्यतिबेला खतरनाक हुन्छन्,” रहिमले भने । मानिसको जटिल प्रकृतिले उसको निर्णय प्रक्रियालाई प्रभावित पार्न सक्ने उनको विश्वास छ । अनुभव मानिसको जीवनका हरेक क्षेत्रमा एक ठूलो सम्पति होला, तर मेसिन हाँक्ने सम्बन्धमा यो धेरै खतरनाक हुनछ । मस्क र रहिमका यी अवधारणासँग वेमोका प्रमुख कार्यकारी क्राफसिकको धारणा मेला खाँदैन । उनी भन्छन्, “म यो विश्वास गर्दिन, जसले एकदिन मानिसले गाडी हाँक्न पाउने अधिकारको त्याग गर्न लगाउँछ ।” वेमोका स्वचालित कारहरूसँग अन्तक्र्रिया गरी गाडी चलाउन पाउने अधिकारको स्वीकार मानिसहरूले गर्ने उनले विश्वास व्यक्त गरे । उनले भने, “हामीसँग सधैं छनौट गर्न पाउने अधिकार हुनुपर्छ ।” साथै उनले यो लडाइँ लड्ने प्रतिबद्धता व्यक्त गरे । “मानिसलाई गाडी हाँक्न पाउने अधिकारको संरक्षणका लागि आफू लडाइँ लड्नेछु,” उनले भने । गुगलले ९ वर्षअघि सेल्फ ड्राइभिङ कारको परियोजनाको विकासलाई गुप्तरूपमा सुरू गरेको थियो । तर वेमोको हालैमात्र सार्वजनिक भएको प्रतिवद्धताले कम्पनीले केही अर्को व्यावसायिक योजनासमेत बनाएको संकेत गरेको छ । जगुआरसँग इलेक्ट्रिक भेइकलको खरिदसम्बन्धी सम्झौताले सन् २०१५ मा फिएट किर्सलरसँग गरेको सम्झौतालाई थप बल पु¥याउने देखिएको छ । सुरूवातमा वेमोले सेल्फ ड्राइभिङ प्रविधिका लागि ६०० प्यासिफिका मिनिभ्यान तयार पार्ने देखिएको छ । वेमोले यो वर्ष फोनिक्स ल्याउने योजना बनाइरहेको छ । वेमोको यो योजना सफल भए यसलाई अन्य राज्यहरूमा विस्तार गर्नेछ । जगुआरले दिने गाडीको उपयोग वेमोले सन् २०२० देखि २०२२ सम्म गर्ने भएको छ । जगुआरसँगको यो सम्झौताले वेमोको सेल्फ ड्राइभिङ कार प्रदूषण नगर्ने यात्रीहरूमाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ । वेमोको यो योजनाबाट उबर र लिफ्टलाई व्यवसायिक प्रतिस्पर्धा बढाउनेछ । उबर र लिफ्टले यो क्षेत्रमा कार्य गरिरहेको छ । उबरले गरेको यो प्रयासलाई प्रमुख धक्का गत साता लाग्यो । उबरको स्वचालित वाहनले अरिजोनाको टेम्पमा एक पैदल यात्रुको हत्या गरेपछि उसको प्रयासलाई धक्का लाग्न पुगेको देखिएको हो । उबरको नाम उल्लेख नगरी वेमोका प्रमुख कार्यकारी क्राफसिकले वेमोको सेल्फ ड्राइभिङ कारको परीक्षण ५० लाख माइल पूरा गरेको बताए । वेमोका इन्जिनियरहरूले रोबोटिक टेक्नोलोजीबाट सेल्फ ड्राइभिङ कारलाई अझ परिस्कृत गर्ने कार्य गर्दै गरेको उनको भनाइ थियो । बक्स सेल्फ ड्राइभिङ कारको विकासक्रम लेभल जिरो– मानव चालकहरूले गाडी हाँक्दा पूर्ण नियन्त्रण मानिसमा हुने । लेभल वन– वाहन नजिक भएपछि ब्रेक लगाउने केही साना प्रणाली युक्त वाहन । लभेल टु– वाहनको गति र दिशा दिन जडान गरिएको प्रणाली, जसअन्तर्गत चालकले केही समयका लागि हातलाई फुर्सद दिन पाउने । तर चालकले सडकलाई निरन्तर अनुगमन गरिराख्नुपर्ने हुन्छ । लेभल थ्री– चालकलाई सधैंभरी सडकको अनुगमन गर्नुपर्ने हुँदैन । विशेषगरी राजमार्गमा आवश्यक नियन्त्रण प्रणालीको प्रयोग गर्नुपर्छ । लेभल फोर– प्रणालीले सबै अवस्थामा वाहनको नियन्त्रण गर्छ । तर यसले सबै मौसम र सडकको अवस्थामा यसले नियन्त्रण गर्न सक्दैन । प्रणालीले परिभाषित गरेका विषयमा वाहनलाई निर्भर गराउँछ । लेभल फाइभ– यो पूर्ण स्वचालनको अवस्था हो । प्रणालीले सबै मौसम, ट्राफिक र प्रकाशको अवस्थामा वाहनलाई नियन्त्रण गर्छ । यो गाडी जहाँ पनि जुनसुकै स्थितिमा जान सक्ने खालको हुन्छ ।
धमेन्द्र कर्ण

प्रतिक्रिया दिनुहोस्