मुख्यमन्त्री शाही ताल सरसफाइमा «

मुख्यमन्त्री शाही ताल सरसफाइमा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा पर्यटकीयस्थल बुलबुले तालको सरसफाइ गरिएको छ ।
उपत्यका नगर विकास समितिको संयोजनमा प्रख्यात बुलबुले ताललाइ सफा राखौँ भन्ने सन्देश दिने उद्देश्यले बिहीबार मुख्त्रीमन्त्रीको नेतृत्वमा तालको सरसफाइ गरिएको हो । मुख्यमन्त्री शाहीले पर्यटकीय आकर्षणका रूपमा रहेको बुलबुले तालको उचित विकास गरी पर्यटक भित्र्याइने बताए । उनले प्रदेश सरकारले समग्र पर्यटन विकासका लागि योजना बनाएर अघि बढेको उल्लेख गरे । उनले पर्यटन क्षेत्र कर्णाली प्रदेशको मुख्य आम्दानीको स्रोत भएको भन्दै पर्यटकीय क्षेत्रलाई सफा हुनुपर्ने बताए ।
सुर्खेतको बुलबुलेलाई स्वर्गको आभास हुने गरी निर्माण गरिनुपर्ने बताए । शाहीले भने, “बुलबुलेभित्र छिर्ने बित्तिकै स्वर्गपुगे जस्तो आभास हुने गरी विकास गरिनुपर्छ, बुलबुलेको पूर्वाधार विकासका लागि सरकारले सहयोग गर्नेछ ।” “कर्णाली प्रदेशको मुख्य आयस्रोत भनेको पर्यटन क्षेत्र भएकै कारण २०७५ लाई ‘रारा कर्णाली पर्यटन वर्ष’को रूपमा बनाउने लागेको समेत जानकारी दिए ।
उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले बुलबुले आउने पर्यटकको सुरक्षाका लागि प्रबन्ध गरिदिन मुख्यमन्त्रीलाई आग्रह गरे । उनले पाँच करोडको लगानीमा बुलबुलेको गुरुयोजना निर्माण गरी उचित विकास गर्ने योजना रहेको समेत सुनाए । पहिलेको भन्दा बुलबुले उद्यानको मुहार फेरिएको भन्दै अध्यक्ष कोइरालाले बुलबुलेलाई प्रदेशकै उत्कृष्ठ पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा जोड दिए ।
बुलबुले उद्यान घुम्न आउने पर्यटकको सुविधाका लागि केही दिन अघिबाट निजी कम्पनीसँगको सहकार्यमा उपत्यका नगर विकास समितिले बुलबुले तालमा राफ्टिङ सेवासमेत सुरु गरेको छ । कर्णाली प्रदेश र सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगरको बीच भागमा अवस्थित भएकाले बुलबुले ताल घुम्नका लागि आन्तरिक तथा वाह्य पर्यटकको उल्लेखनीय उपस्थिति हुँदै आएको छ । बजारबाट नजिक र सहज मार्ग भएकाले बुलबुलेको उचित विकास गर्न सके पर्यटकको संख्या अझै बढ्ने पर्यटन व्यवसायीहरूले बताउँदै आएका छन् ।
हरेक महिनाको १ गते र १५ गते श्रम कर्णाली प्रदेश सरकारको फागुन २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रीहरूले पहिलो पटक बुलबुलेमा सरसफाइ गरेका हुन् । सरसफाइ कार्यक्रममा मुख्यमन्त्री शाही सबै प्रदेशका सबै मन्त्री, मुख्यसचिव, सचिवलगायतका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, सुरक्षा निकायलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्