नबिल फाउन्डेसनद्वारा ४ विद्यालयका दृष्टिविहीन विद्यार्थीहरूलाई सहयोग «

नबिल फाउन्डेसनद्वारा ४ विद्यालयका दृष्टिविहीन विद्यार्थीहरूलाई सहयोग

 नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउन्डेसनले दृष्टिविहीन सहयोग केन्द्र नेपालको सहकार्यमा ४ विद्यालयका दृष्टिविहीन विद्यार्थीहरूको शैक्षिक विकासका लागि ८ थान नयाँ कम्प्युटरहरू हस्तान्तरण गरेको छ । कम्प्युटरहरूमा दृष्टिविहीन छात्रछात्राहरूलाई अध्ययन गर्न सहजताको लागि जज् नामक सफ्टवेयर स्थापना गरी हस्तान्तरण गरिएको पनि जनाएको छ । ती कम्प्युटरहरू शिवालय माध्यमिक विद्यालय–कुश्मा पर्वत, बन्देवी माध्यमिक विद्यालय–चौतारा सिन्धुपलान्चोक, अमर ज्योति माध्यमिक विद्यालय–पालुङटार, गोरखा तथा जन विकास माध्यमिक विद्यालयका– बेसीसहर, लम्जुङमा बाँडिएका थिए । कुश्मा, पर्वतस्थित शिवालय माध्यविक विद्यालयको कार्यक्रम मुख्य अतिथि प्रतिनिधिसभा सदस्य पदम गिरीको उपस्थितिमा सम्पन्न भएको थियो । नबिल बैंकका बागलुङ शाखाका शाखा प्रमुख लुजाराज भण्डारीले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ईश्वर गिरीलाई कम्प्युटरहरू हस्तान्तरण गरेका थिए । यसै गरी बन्देवी माध्यविक विद्यालय–चौतारा सिन्धुपाल्चोकमा नबिल बैंकका धुलिखेल शाखाका शाखा प्रमुख धर्मराज बन्जाराले कम्प्युटरहरू हस्तान्तरण गरेका थिए । अन्ततः लम्जुङस्थित जन विकास माध्यविक विद्यालयमा नबिल बैंकका बेसीसहर शाखाका सञ्चालन इन्चार्ज नारायण आचार्यले सो कम्प्युटरहरू लम्जुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज मैनालीलाई हस्तान्तरण गरे । 

 

प्रतिक्रिया दिनुहोस्