गोदरेजका नयाँ वर्षउपहार

विश्वस्तरीय डिजाइन र सुविधासम्पन्न उत्पादनहरुको लागि प्रख्यात गोदरेज ब्रान्डले नेपाली नयाँ वर्ष ०७५ लाई लक्षित गरी क्यास ब्याक तथा आकर्षक उपहार अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस अफरअन्तर्गत ग्राहकले गोदरेजका एडि रेफ्रीजरेटरहरुमा ५ हजार रुपैयाँसम्मको क्यास ब्याक, डबल डोर रेफ्रीजरेटरहरुमा सीजीको मिक्चर ग्राइन्डर, वासिड मेसिनहरुमा स्प्रे आइरन तथा माइक्रो ओभनहरुमा कुकिड किट र एयर कन्डिसनहरुमा फ्रि जडान हुनेछ । ६० वर्षको इतिहास बोकेको गोदरेजले, आफ्ना रेफ्रिजरेटरको कम्प्रसरमा १० वर्षसम्मको वारेन्टी पनि प्रदान गर्दै आएको पनि नेपालका लागि गोदरेजको अधिकारीक विक्रेता चौधरी गु्रपअन्तर्गतको ईओएले जनाएको छ ।