टाटामोटर्सको नेक्सन लेभल नेक्स अन्तरकलेज मार्केटिङ प्रतियोगिता «

टाटामोटर्सको नेक्सन लेभल नेक्स अन्तरकलेज मार्केटिङ प्रतियोगिता

टाटा मोटर्स्ले आफ्नो उत्कृष्ट कम्प्याक्ट एसयूभी टाटा नेक्सनलाई फागुन १० गतेका काठमाडौंमा सार्वजनिक गरेको थियो । स्पोर्टी डिजाइन, आकर्षक फिचरहरू र उत्कृष्ट बिक्री पछिको सेवाले टाटा नेक्सनलाई छोटो समयमा नै नेपाली उपभोक्ताहरू माझ परिचित बनाएको छ । अहिलेसम्म २०४ भन्दा बढी बुकिङ भइसकेको यस कारको लोकप्रियता मध्यनजर गर्ने हो भने संख्या अझ बढ्ने निश्चित रहेको छ ।
नेपालकालागि टाटा मोटर्स्को आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङद्वारा आयोजित यस मार्केटिङ प्रतियोगितामा विभिन्न कलेजहरूका एमबीए विद्यार्थीहरूको सहभागिता थियो । यस प्रतियोगिताअन्तर्गत प्रतियोगीहरूले टाटा नेक्सनका लागि टेलिभिजन विज्ञापन बनाउनुपर्ने थियो । उक्त प्रतियोगिताका विजेताहरूका लागि आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको थियो ।
मार्केटिङ प्लान प्रजेन्टेसन्, टेलिभिजन विज्ञापनको प्रोडक्सन र सेयरिङ समावेश रहेको उक्त प्रतियोगितामा युनिग्लोब कलेज विजेता घोषित भएको थियो । सिम कलेज पहिलो रनरअप र एआइबीएस कलेज दोस्रो रनरअप बन्न सफल भएको थियो । प्रतियोगिताको विजेता कलेजले पुरस्कार स्वरुप १ लाख प्राप्त गरेका थिए भने पहिलो रनरअप र दोस्रो रनरअप कलेजले क्रमशः ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । ७ कलेजका एमबीए विद्यार्थीहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्