महँगिदै भारतीय बिजुली «

महँगिदै भारतीय बिजुली

महँगिदै भारतीय बिजुलीमहँगिदै भारतीय बिजुलीप्रतियुनिट १०.३२ रुपैयाँसम्मभीम गौतमकाठमाडौं, १५ चैतप्राधिकरणले भारतबाट आयात गर्दै आएको विद्युत्को भाउ झन महँगिदै जान थालेको छ । भारतीय विद्युत् मन्त्रीले छिमेकी राष्ट्रहरूलाई सस्तोमा बिजुली बेच्ने सार्वजनिक गरिरहेको र भारतमा सौर्य ऊर्जा (सोलार) को भाउ सस्तिँतै गएको तथा अन्य ऊर्जाका प्रविधिहरू पनि प्रतिस्पर्धात्मक बन्दै गएको बेला आयातित विजुली महँगिदै जान थालेको हो । 
ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रशारणलाइनमार्फत १५ महिनामा १ सय २० मेगावाट आयात गर्नेगरी अहिलेको मूल्यभन्दा ०.३८ भारु र ६ महिनापछि ०.५७ भारु बढ्नेगरी नयाँ विद्युत् खरिद सम्झौता (पीपीए) सम्झौतासँगै आयातित विजुलीको भाउ महँगिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)का प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गबीच पहिलाभन्दा बढी मूल्यमा विद्युत् खरिद गर्ने सम्झौता पनि भएको छ । 
सुरुमा प्रतियुनिट भारु ३.४४ मा र पछि प्रतियुनिट भारु ३.६० अर्थात ५.७६ रुपैयाँमा खरिद विद्युत् दिँदै आएको भारतले फेरि सो अन्तरदेशीय प्रशारण लाइनमार्फत आयात गरिएको विद्युत्को भाउ बढाएर प्रतियुनिट मूल्य ३.९८ भारतीय रुपैयाँ अर्थात ६.३६ रुपैयाँ पु¥याएको छ । ६ महिनाका लागि सो मूल्य तय भए पनि त्यसपछि भने ५ प्रतिशत बढ्नेछ । यसको आधारमा प्रतियुनिट ४.१७ भारु अर्थात ६.६८ रुपैयाँ पुग्नेछ । विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले नयाँदिल्लीमा हालै भएको वार्ताले भारतबाट खरिद गरिने विद्युत्को नयाँ दर कायम गरेको जानकारी दिए । उनका अनुसार सन् २०१८बाट लागू हुने गरी १५ महिनाको पीपीए भएको हो । डिसेम्बर २७ मा  नवीकरण भएको पीपीएको म्याद यही १७ चैत (३१ मार्च)मा सकिन लागेको छ । हाल सो अन्तरदेशीय प्रशारण लाइनमार्फत प्राधिकरणले ९० मेगावाट विद्युत् आयात गर्दै आएको छ । 
प्राधिकरणका अनुसार दैनिक ४ सय ९० मेगावाटबराबर भारतबाट विद्युत् आयात गर्दै आएको प्राधिकरणले भारतलाई प्रतियुनिट १०.३२ रुपैयाँसम्ममा खरिद गर्दै आएको छ । प्राधिकरणका अनुसार भारतको बिहारबाट ११ केभीमार्फत आयात गरिएको विद्युत्को मूल्य प्रतियुनिट ६.४५ भारु अर्थात १०.३२ रुपैयाँ छ भने सोही ठाउँको ३३ केभीमार्फत आयातित विद्युत्को प्रतियुनिट ६ भारु अर्थात ९.६० रुपैयाँ र १३२ केभीमार्फत आयात विद्युत्को मूल्य प्रतियुनिट ५.५५ भारु अर्थात ८.८८ रुपैयाँ छ । टनकपुरबाट आयातित विद्युत्को मूल्य भने ३.४४ भारु अर्थात ५.५० रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ । भारप्रेषण केन्द्रका अनुसार बिहारको कटैया–कुसाहामार्फत १३२ केभी प्रसारणलाइनमार्फत १ सय ७५ मेगावाट, रक्सोल–परवानीपुरको १३२ केभीमार्फत ७५ मेगावाट आयात हुँदै आएको छ भने गण्डक–रामनगरमार्फत ३० मेगावाट र टनकपुरमार्फत ३२ मेगावाट आयात हुँदै आएको छ । टनकपुरबाट आयातित विद्युत्मध्ये महाकाली सन्धीअनुसार ७ करोड युनिट बिजुली भने नेपालले निःशुल्क पाउनेछ । 
विद्युत् प्राधिकरणले निजी प्रवद्र्धकहरूले बनाएका आयोजनाबाट सरदर प्रतियुनिट ८ रुपैयाँमा विद्युत् खरिद गर्दै आएको छ । ढल्केबर–मुज्जफरपुरको लागत यो तुलनामा कम भए पनि बढाउँदै लगेपछि विद्युत्को भाउ बढी महँगिने र वार्षिक आयातित बिजुली बढ्दै जाने देखिएको छ । नयाँदिल्लीमा सोमबार, मंगलबार र बुधबार भएको छलफलमा पुरानै दरमा विद्युत् दिन भनिए पनि भारतीय बजारमा विद्युत्को मूल्य बढेकाले अहिलेको मूल्यमा विद्युत् दिनै नसकिने भारतीय पक्षको अडानपछि केही महँगिएको प्रवक्ता अधिकारीले बताए । 
बिजुलीको मूल्य (प्रतियुनिट)ढल्केबर–मुज्जफरपुर ६.३६ (६.६८)  बिहार ११ केभी १०.३२ बिहार ३३ केभी ९.६० बिहार १३२ केभी ८.८८टनकपुर ५.५० स्रोतः नेपाल विद्युत् प्राधिकरण 

प्रतिक्रिया दिनुहोस्