७५ मेगावाटको गल्छीलाई चिनियाँ लगानी «

७५ मेगावाटको गल्छीलाई चिनियाँ लगानी

धादिङमा निर्माण हुन लागेको ७५ मेगावाटको त्रिशुली–गल्छी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले लगानी गर्ने सम्झौता भएको छ ।
सिद्धकाली पावर लिमिटेड कम्पनीले निर्माण गर्न लागेको आयोजनामा चीनको छेन्दुस्थित डङफाङ इलेक्ट्रिक इन्टरनेसनल कर्पोरेसनले लगानी गर्ने सम्झौता भएको हो । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने र चिनियाँ कम्पनीका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको छ ।
इन्जिनियरिङ प्रकुरमेन्ट, कन्ट्रक्सन र फाइनान्स (ईपीसीएफ) मोडेलमा चिनियाँ कम्पनीले १० अर्ब २९ करोड रुपैयाँ लगानीको सम्झौता भएको सिद्धकाली कम्पनीका अध्यक्ष न्यौपानेले जानकारी दिए । उनका अनुसार, निर्माण सम्पन्न भएको एक वर्षभित्र फिर्ता गर्ने प्रावधान छ । आयोजनाले लक्ष्मी बैंकको नेतृत्वमा ८ बैकहरूले ऋण लगानी गर्ने र चिनियाँ कम्पनीको लगानी फिर्ता हुनेछ ।
१४ अर्ब ५० करोड लगानी रहेको आयोजनाको निर्माणकार्य आगामी साउनदेखि सुरु गरी ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नुवाकोट र धादिङको दोसाँधमा निर्माण हुन लागेको आयोजनामा अपी पावर कम्पनी लिमिटेडले समेत लगानी गर्न लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्