युनाइटेड स्वामित्व नेपाली युवा उद्यमीमा «

युनाइटेड स्वामित्व नेपाली युवा उद्यमीमा

युनाइटेड स्प्रिट्स् इन्डिया लिमिटेडअन्तर्गतको युनाइटेड स्प्रिट्स् नेपाल प्रालि नेपाली युवा उद्यमी राजेशवीर सिंह तुलाधारको पूर्ण स्वामित्वमा आएको छ । मोरङको टंकिसिनबारीमा अवस्थित यस कम्पनीले एन्टिक्विटी, सिग्नेचर, म्याकड्वेल्स नम्बर वान ह्विस्की, गोल्डेन ग्रेप ब्रान्डी, ब्लु रिबान्ड जिनलगायतका विभिन्न १७ ब्रान्डका मदिराको उत्पादन गर्दै आएको छ । उद्यमी तुलाधरको पूर्ण स्वामित्वमा आएसँगै कम्पनी नेपाल लिकर्स प्रालिको नामबाट सञ्चालन भइरहेको छ । युवा उद्यमी तुलाधर स्व. भक्तवीर सिंह तुलाधरका सुपुत्र हुन् । उनका बुवाले भारतको युनाइटेड स्प्रिट्स् इन्डिया लिमिटेडसँगको व्यावसायिक साझेदारको रूपमा ४० वर्षअघि सो व्यवसाय सुरु गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्