यस्तो विशेषता छ किमको रेलमा

हालैमात्र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले गरेको बेइजिङको भ्रमणको उनको विशेष रेलका कारणनै विश्व जगतले थाहा पायो । बेइजिङ रेलवे स्टेसनमा यो रेल देखिएकै कारण गुपचुप राख्न खोजिएको उनको भ्रमण पनि सार्वजनिक भएको हो । अत्यन्तै विस्तारै गुड्ने भएपनि किम चढ्ने रेलमा भएको सुविधा कुनै पनि पाँच तारे होटलको भन्दा कम छैन । आउनुहोस जानौ के छ त किमको विशेष रेलमा ।
किमका पिता किम जोङ इल पनि विदेश यात्रामा जादा यही रेलको प्रयोग गर्थे । उनलाई विमानबाट यात्रा गर्न मन पर्दैनथ्यो र उनको जीवन कुनै प्लेबोइ भन्दा कम थिएन । यो रेलमा २१ वटा आलिसान डब्बा राखिएको छ । यो रेलमा यात्रा गर्ने मानिसका लागि पेरिसको रक्सी, झिंगा माछा तथा सुगुरको मासुको पनि व्यवस्था रहेको छ । यति मात्रै होइनकि किम जोङ इललाई पट्यार लाग्यो भने उनको मनोरन्जनका लागि केही सुन्दरीको पनि व्यवस्था गरिएको हुन्थ्यो । यी सुन्दरीलाई लेडी कन्डक्टर्सको नामाले चिनिन्थ्यो ।
यो बख्तरबन्द रेलमा ९० विशेष डिब्बा छ र यसको माध्यमबाट तीनवटा रेल चल्छ । एक रेलमा नेता खुद यात्रा गर्छन् भने तेस्रो रेलमा अतिरिक्त अंग रक्षक तथा विशेष किसिमका सामग्रीहरु हुने गर्छ । रेलका प्रत्येक डिब्बा बुलेटप्रुफ छन् । यसै कारण रेलको वजन पनि बढी छ । यसैले रेल अधिकतम ६० किलोमिटरको प्रति घन्टाको दरमा मात्रै गुड्छ । उत्तर कोरियामा २० वटा यस्ता स्टेसन छन् जसलाई तानशाहाको निजी प्रयोजनका लागि प्रयोग गरिन्छ ।
२०११ मा किम जोङ इलसँग रेलमा यात्रा गर्ने रुसी अधिकारीले आफ्नो पुस्तकमा रेलमा रुसी, चिनियाँ, जापानी तथा फ्रान्सलेली कुनै पनि किसिमको खानेकुरा पाइने बताएका छन् ।
किम जोङ इलको एक फुटेजका अनुसार रेलमा घरैमा जस्तो आलिसान सोफा, खानपिनका लागि फरक डिब्बा रहेको छ । यति मात्रै होइनकि रेलमा टेलिभिजन स्क्रीन पनि रहेको छ । यसका कारणनै यो रेल घर भन्दा कम महसुश हुदैन ।