सुजुकी सेलेरियो टेस्ट राइड अभियानको ३ महिना पूरा «

सुजुकी सेलेरियो टेस्ट राइड अभियानको ३ महिना पूरा

सुजुकीका चारपाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजी मोटोकर्पले राष्ट्रव्यापी सुजुकी सेलेरियोकोे टेस्ट राइड अभियान सञ्चालन गर्दै आएको छ । कावासोती, हेटौंडा, वीरगञ्ज, जनकपुर, बिर्तामोड, बुटवल, भैरहवा, जितपुर र दाङमा टेस्ट राइड कार्यक्रम सम्पन्न गर्दै सो अभियानको तेस्रो महिना पूरा भएको छ ।
कम्पनीको अनुसार, तेस्रो महिनामा ५ सय १७ टेस्ट राइड सञ्चालन भएको छ र ग्राहकको उत्साह सकारात्मक छ । नेपाली परिवारलाई खरिदअघि नयाँ अनुभव दिलाउने कम्पनीको उद्देश्य हालसम्मको ग्राहकको प्रतिक्रियासँगै पूरा हुँदै आएको छ ।
सेल्स, मार्केटिङ र स्ट्रेटजीका डीजीएम सिराज पन्तको अनुसार, “हामी हालसम्म प्राप्त भएको प्रतिक्रियासँग धेरै विश्वस्त छाँं र यसरी नै अभियानको दोस्रो चरणमा जारी राख्ने आशा गर्छाैँ ।”
सेलेरियो ‘द पर्फेक्ट फेमिली कार’ को गत पुस महिनामा टेस्ट राइड अभियानसँगै प्रारम्भ भएको थियो जसमार्फत ग्राहकहरूलाई प्रत्येक टेस्ट राइडमा उपहार प्रदान गरियो र एक भाग्यशाली ग्राहकले १ लाख रुपैयाँको क्यासब्याक प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्