चतुरमाई डाँडामा अग्र्यानिक कफी र रिसोर्ट

चतुरमाई डाँडामा अग्र्यानिक कफी र रिसोर्ट
राजेन्द्र बस्नेत
नलाङ, १३ चैत ः ७ वर्ष अघिसम्म हाडे उन्यु र रुदिलो फुल्ने चतुरमाई डाँडामा अहिले अग्र्यानिक कफी फलिरहेको छ । सुरुवाती वर्षहरूमा कफी खेती र रिसोर्ट बनाउने भनेर काम सुरु गर्दा हाँस्नेहरू अहिले जिल खाएका छन् । पर्यटन व्यवसायी दीननाथ (भरत) रेग्मीले हिमालयन अनटप अर्गानिक कफी स्टेट प्रालिबाट धादिङको सिद्धालेक गाउँपालिकाका–२ नलाङको चतुरमाई डाँडामा कफी रोपेपछि अहिले कफीडाँडा नामले चिनिन्छ ।
प्रत्येक प्रत्येक वर्ष कफीका विरुवा लगाउँदै जाने र उत्पादन दर बढाउने योजना छ । “हामी प्रत्येक वर्ष नयाँ कफीका बोटहरू थप्दै जान्छौ, हाम्रो नर्सरी यही छ ।” ३ सय रोपनी क्षेत्रफलमा कफी लगाउन र रिसोर्ट बनाउन ८ करोड खर्च भइसकेको छ । ५२ हजार कफीका बिरुवा लगाइएको मध्ये १८ हजार बोटवाट उत्पादन लिन थालेका छौं प्रालिका सञ्चालक दिननाथ रेग्मीले भने ।
कफी फार्म भित्रै कन्ट्री प्याराडाइज नामक कफी रिसोर्टसमेत चलाएका छन् । ठूलो क्षेत्रफमा लगाएको कफीका बोट र जंगलको बीचमा सञ्चालनमा ल्याइएकोे रिसोर्टले कफी प्रवद्र्धनमा मद्दत पु¥याएको छ । रिसोर्टमा दिनहुँजसो विदेशी पर्यटकहरू कफी फार्म घुम्न र बास बस्न आउने गरेका छन् । विदेशीको मात्रै के कुरा स्वादेशी उच्च पदस्थ अधिकारी, नेता, उद्योगी व्यावसायी, पत्रकार र संघ–संस्थाका प्रमुखहरूको आउँछन् । ‘विदेशी पर्यटकहरू र उच्च पदस्थ अधिकारीहरूलाई कफीका बिरुवा रोप्न लगाउँछौ र उहाँहरूको नाम लखेर बिरुकाको नजिक राख्छौं । “यसोले गर्दा उहाँहरू फेरि–फेरि पनि सम्झेर आउने वातावरण बनोस र नयाँ पाहुना भिœयाउन मद्दत पुग्योस् भन्ने रणनीतिले बिरुवा रोप्न लगाएका हौं सञ्चालक रेग्मीले भने । कफी डाँडाको नाममा चर्चित रिसोर्टमा नेपालका उच्च पदस्थ अधिबकारी पुगेका छन भने कफीको विरुवाको छेउमा ट्यागबाट स्पष्ट हुन्छ ।
कफी फार्म र रिसोर्टबाट स्थानीयहरूलाई नै रोजगारी दिइएको छ । १७ जना आवासीय मजदुरहरू छन् । बिरुवा रोप्न तयारी गर्ने, विरुवा सार्ने, कफी टिप्ने, गोडमेल गर्ने बेलामा ५० जनाभन्दा बढी मौसमी मजदुरहरूले रोजगार पाउँदै आएका छन् ।
दुई वर्ष अघिबाट कफी उत्पादन बजार पठाउन थालेको फार्मले गतवर्ष छ मेट्रिकटन कच्चा कफी उत्पादन गरेको छ । गत वर्षको तुलनामा यस वर्ष उत्पादन राम्रो रहेको छ । प्रशोधित अग्र्यानिक कफी प्रतिकिलोको चार हजार रुपैयाँमा बिक्री भएको छ । स्वदेशी र विदेशी पाहुनाहरूले फार्मबाट लाने गरेकाछन् । युरोपियन मुलुकहरूमा अर्गानिक कफीको माग उच्च रहेकोले जति उत्पादन गरे पनि निर्यातका लागि सहज भएको र भाउ पनि राम्रो आउने रेग्मीले बताए । रेग्मी पुराना पर्यटन व्यवसायी हुन् । उनले अल्पाइन फ्लो नेपाल नामक पर्यटन व्यवसायी कम्पनीमार्फत पर्यटनहरूलाई सेवा दिँदै आएका छन् ।