ओमानबाट ६० नेपालीको उद्धार

यूएई- नेपाली राजदूतावास मस्कटले १० महिनामा ६० महिला तथा पुरुष कामदारको उद्धार गरेको छ । दूतावासले प्रगति प्रतिवेदन सार्वजनिक गर्दै विभिन्न कानुनी समस्यमा परेका नेपालीको उद्धार गरेको जनाएको छ । यसरी नै हाल त्यहाँको विभिन्न जेलमा २ नेपालीहरूको रहेको जनाइएको छ भने अस्पतालमा रहेका नेपालीहरूको संख्या ४ जना रहेको दूतावासले सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
नेपाली राजदूतावास, मस्कटले ओमानको परराष्ट्र मन्त्रालय र जनशक्ति मन्त्रालयको सहकार्यमा मस्कटस्थित ‘कोलोम्बो प्रोसेस’ तथा ‘आवुधाबी डाइल’ राष्ट्रका नियोग प्रमुखहरूलाई निमन्त्रणा गरी मानव वेचविखन तथा ओसारपोसार नियन्त्रण सम्बन्धमा एक बैठक आयोजना गरेको थियो । नेपाली राजदूतावास, मस्कट, ओमानको संयोजनमा एनआरएनए सोसियल क्लब ओमान तथा अन्य बिभिन्न संघ संस्थाहरूको सहकार्यमा सिस्नुपानी नेपालले राजदूत निवासमा ‘दुई थोपा हाँसो कार्यक्रम’ प्रस्तुत गरेको थियो ।