अमेरिका र रुसमा को बलियो «

अमेरिका र रुसमा को बलियो

पछिल्लो समयमा रुस र अन्य पश्चिमा मुलुकबीचको विवाद चरम उत्कर्षमा पुगेको छ । अमेरिका, अस्ट्रेलिया लगायत कैयै युरोपेली मुलुकहरुले पूर्व रुसी जासुसमाथि गरेको हमलाको विषयलाई लिएर रुसी कुटनीतिज्ञलाई देश निकाला गरेपछि अवस्था झनै गम्भिर भएको हो ।
यसै विषयालाई आधार माने र युद्धत नभइ हाल्ला । यद्यपि युद्ध भइहाल्यो भने रुस र अमेरिका मध्ये को सक्तिशाली छ त ?
स्टकहोम इन्टरनेसनल पीस रिसर्चको प्रतिवेदन अनुसार विश्वभरीको सैन्य खर्चमा प्रत्येक वर्ष १.२ प्रतिशको वृद्धि भइरहेको छ । प्रतिवेदनका अनुसार विश्वभरीको सैन्य खर्चमा अमेरिकाको मात्रै ४३ प्रतिशत रहेको छ ।
यसपछि सुरक्षा परिषदका ४ स्थायी सदस्यको रहेको छ । बाँकि अन्य सदस्य अमेरिकाको छेउछाउमा पनि पर्न सक्दैनन् । ७ प्रतिशतका साथ चीन दोस्रो स्थानमा रहदै आएको छ । योपछि बेलायत, फ्रान्स तथा रुसको रक्षा खर्च ४ प्रतिशतको हाराहारीमा रहेको छ ।
अमेरिका जस्तै अन्य मुलुकको विश्वमा सैयौ सैन्य शिविर रहेको छैन । सीप्रीका अनुसार सेनाको खर्चको मामिलामा रुस चौथो स्थानमा रहदै आएको छ । रुस भन्दा अगाडि अमेरिका, चीन र साउदी अरेबिया रहेका छन् ।
रुसले २००९ मा मात्रै आएर आफ्नो सेनालाई आधुनिकिकरण गरेको थियो ।
गत वर्ष अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले अमेरिकालाई मुख्य रुपमा रुससँग खतरा भएको र उससँग मुकाबिला गर्नका लागि तयार रहन आवश्यक भएको बताएका थिए । विश्वका धेरै देशमा अमेरिकाको उपस्थिति रहदै आएको छ । यो मामिलामा रुस अमेरिकासँग टिक्न सक्दैन ।
अमेरिका र रुसबीचको सैन्य खर्चमा व्यापक अन्तर रहदै आएको छ । अमेरिका विश्वको आर्थिक सक्ति हो भने उसको सैख्य क्षमता पनि बेमिसाल रहदै आएको छ । आर्थिक सम्पन्नताको मामिलामा त अमेरिका र रुसको कुनै तुलनानै हुदैन ।
रुससँग विश्वकै प्रभावशाली परमाणु हतियार छ । यी हतियार अमेरिका नष्ट गर्नका लागि पर्याप्त भएको मानिदै आएको छ । यद्यपि रक्षा विश्लेषकका अनुसार पुटिनले कहिले पनि अमेरिका माथि आक्रमण गर्दैनन् । किनकी यो आत्मघाती काम हुनेछ । दुई देशबीचको सिमाना जोडिएको छैन । यदी युद्ध भइहाल्यो भने पनि बेरिङ जल क्षेत्र तथा अलास्काको माध्यमबाट हुनेछ । यसको मतलब यो हो कि यी देशबीच सीधा तरिकाबाद्ध युद्ध हुनेछैन ।
रुसका राष्ट्रपतिले सरकारी टेलिभिजनमा एक प्रोजेक्सन देखाएका थिए । यमसा पुटिनले भनेका छन् कि रुसले यस्तो ड्रोन तयार गरेको छ जसलाई पन्डुब्बीबाट पनि छोड्न मिल्छ र उनी परमाणु हमला गर्न सक्षम हुनेछन् । रुसको यो नयाँ क्षेप्यास्त्रलाई युरोप र एसियमा तैनाथ गरिएको अमेरिकी प्रतिरक्षा प्रणालीले छेक्न नसक्ने दावी पुटिनको छ ।

 

प्रतिक्रिया दिनुहोस्