एनआरएनए विज्ञ सम्मेलन क्यालिफोर्नियामा हुने «

एनआरएनए विज्ञ सम्मेलन क्यालिफोर्नियामा हुने

 गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले अमेरिकामा कार्यरत नेपाली विज्ञहरुको भेला आयोजना गर्ने भएको छ । एनआरएनए अमेरिकी क्षेत्रीय संयोजक गौरी जोशीका अनुसार आगामी जुन महिनाको दोस्रो साता सो सम्मेलनको आयोजना गरिनेछ ।
एनआरएनए अमेरिकाको सहकार्यमा जुन महिनाको १६ र १७ तारिख क्यालिफोर्नियामा आयोजना हुने सो सम्मेलनमा गैरआवासीय नेपाली संघका अधिकांश केन्द्रीय नेताहरु सहभागी हुने जनाइएको छ । सम्मेलनमा नेपाल सरकारको तर्फबाट मन्त्रीस्तरिय सहभागिता रहने बताइएको छ । संघको आयोजनामा आगामी अक्टोबरमा नेपालमा आयोजना गर्ने विज्ञहरुको विश्व सम्मेलनको तयारी स्वरुप पहिलो पटक अमेरिका क्षेत्रमा सो सम्मेलनको आयोजना गरिन लागिएको हो । सोही अवसर पारेर गैरआवासीय नेपाली संघ अमेरिकाले आफ्नो वार्षिक साधारणसभा समेत गर्ने बताएको छ । सम्मेलनलाई सफल पर्न एनआरएन अमेरिकाको अध्यक्ष डा. केशव पौडेललाई सहसंयोजक समेत तोकिएको छ । सम्मेलनमा करिब २ सय विभिन्न क्षेत्रका विज्ञहरु उपस्थित हुने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्