ट्रक हराएको मुद्दामा ९५ लाख जरिवाना «

ट्रक हराएको मुद्दामा ९५ लाख जरिवाना

मलेसिया – रोजगारीको सिलसिलामा साउदी अरब आएका प्रेमबहादुर राई जेल परेको करिब २ वर्ष भयो । प्रेमले चलाएको ट्रक बाटोमा रोकेर साथीलाई भेट्न गएका थिए । साथीलाई भेटेर फर्कंदा उनले चलाउने ट्रक कसैले सिसा फोरेर चोरी गरेको थियोे ।
अकस्मात् भएको उक्त घटनामा उनले ट्रक हराएबापत २ महिना जेल र ५० कोर्रा सजाय पाए । प्रेमबहादुर विरुद्ध कम्पनीले मुद्दा हालेको थियो । त्यही मुद्दामा अहिले उनी साउदी अरबको जेलमा छन् । उनलाई घर फर्कन ३ लाख १० हजार साउदी रियाल (झण्डै ९५ लाख रुपैयाँ) तिर्नु पर्नेछ । साउदीमा लरी चलाउने प्रेमबहादुरले पार्किङमा राखेको गाडी हराएको र भेट्टिँदा सामान हराएको, फुटेको अवस्थामा भेटिएको थियो । कम्पनीबाट करिब १० किलोमिटर टाढा रियादको जनदिया पुगेपछि पार्किङमा गाडी रोकेर साथी भेट्न गएका प्रेम फर्कदा पार्किङबाटै गाडी हराएको थियो ।
कम्पनीले आफूले निर्देशन गरेको बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै प्रेमबहादुर राईमाथि मुद्दा चलाएको थियो । अदालतले कम्पनीकै कुरालाई सदर गर्दै प्रेमबहादुरलाई दोषी ठहर गर्दै लापरवाही गरेको अभियोगमा दुई महिना जेल सजाय हालेको थियो । सजाय सकिएपछि घर फर्कन खोज्दा कम्पनीले उनलाई पासपोर्ट दिनुको सट्टा गाडीको सामान हराएको र तोडफोड गरेको भन्दै फेरि मुद्दा हालेर क्षतिपूर्ति मागेको छ । प्रेम अहिले दोहोरो मुद्दा खेपिरहेका छन् ।
विगत दुई वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका इलाम माइ नगरपालिका ४ का प्रेम राईलाई जेलमुक्त हुनको लागि झन्डै ९५ लाख रुपैयाँ आवश्यक पर्ने भएकोले पछिल्लो समयमा देश तथा विदेशबाट प्रेम बचाउ अभियान सुरु भइसकेको छ । यस्तै मलेसियामा रहेका नेपाली र फूलबारी युवा क्लब मलेसियाले एक महिना अगाडि देखि ‘प्रेम राई बचाउ’ अभियान सुरु गरेको थियो ।
फूलबारी युवा क्लब मलेसियाले ‘प्रेम बचाउ’ अभियान सुरु गरेलगत्तै उक्त अभियानलाई सहयोग गरेर प्रेम राई बचाउ अभियान सफल पार्न मलेसियाले देखि विभिन्न संस्थाहरुले सहयोग गरेका छन् । पीडित राईलाई स्वदेश फिर्ता हुनको लागि चाहिने रकम ९५ लाख रुपैयाँको संस्थागत आर्थिक सहयोग रकम पीडितको परिवारलाई गएको छ । मलेसियादेखि विभिन्न संस्था नेपाली दाजुभाइ दिदिबहिनीको पहलमा ९ हजार ४ सय २२ मलेसिया रिङ्गेट नेपाली रुपैयाँ २ लाख ४८ हजार ८१ रुपैयाँ रकम आईएमईमार्फत प्रेमबहादुर राईको श्रीमती सरिता राईको नाममा पठाइएको छ ।
मलेसियामा रहेका संस्थाहरु फूलबारी क्लब मलक्का मलेसिया, सगुन सांस्कृतिक मञ्च जोहोर, मलक्का दिपज्योती युवा क्लब, धराने फेन्सी रेस्टुरेन्ट जोहोर बातु पहाडले विभिन्न संगीतिक कार्यक्रम गरेर रकम संकलन गरिरहेका छन् ।
यामराज बिष्ट 

प्रतिक्रिया दिनुहोस्