परम्परागत आरन पेशामै राधिकालाई भ्याई–नभ्याई «

परम्परागत आरन पेशामै राधिकालाई भ्याई–नभ्याई

परम्परागत पेशा छोडेर श्रीमान् रोजगारीका लागि काठमाडौं गएपछि बाँकेकी एक महिलाले श्रीमान्को पेशा धानेकी छन् । श्रीमान्को आरनको पेशा सम्हालेपछि ३३ वर्षियन राधिका बिक फलामका हतियार बनाउने काममा आरनमा आगो फुक्दै फलाम पिट्न व्यस्त देखिन्छन् ।
बाँकेको साविकका महादेवपुर र गाविसको उदयनपुर वडा नं ३ मा एउटा गाउ“मा उनी मात्र गाउ“ले किसानको सहयोगी भएकी छन् । किसानका लागि अति नै उपयोगी मानिने फलामका औजार मर्मत गर्न, धार लगाउन किसानहरू राधिकाको दैलोमा पुग्ने गर्छन ।
“पहिला श्रीमान्लाई सहयोग गर्थेंर्, श्रीमान् काठमाडौं गएपछि आफैंले उहा“को पेशा सम्हालेकी हु“,” राधिका भन्छिन्, “अहिले मलाई काम भ्याइनभ्याइ छ ।” नपत्याउने किसिमले श्रीमानको बिडो थापेकी राधिका दिनको १५ वटा सम्म औजार मर्मत गर्नुका साथै उनले नया“ औजार बनाउन समेत सिकिरहेकी छन् ।
कामलाई सानो ठूलो भन्ने पक्षमा नरहेकी राधिका आफूले सिकेको सिपको सदुपयोग गर्नुपर्ने धारणा राख्छिन् । एसएलसी उतिर्ण गरेर प्लसटुमा अध्ययन गर्दै गरेकी राधिकालाई आरन बनाउने कामले हात खर्च चलेको छ । “घरका सानादेखि ठूला आवश्यकता यही श्रमले जुटेको छ,” राधिका भन्छिन्, “काम गर्दा हात बढी दुख्छ । ठूला औजार पिटन गाह्रो भएपनि अहिले सम्म काम बिगारेको गुनासो सुन्नुपरेको छैन ।”
६ वर्षअघि विवाह गरेर महादेवपुरी आएकी उनले श्रीमान्लाई काममा सघाउँदै आएकी थिइन् । उनको सबै काम भने नगदमा हु“दैन जिन्सीमा पनि उनले आरानको काम गर्छिन् । “कसैले मजदुरी बापत बाली दिन्छन् त कसैले नगद । कतिपयले भने यस्तो मेहनतले काम गर्दा श्रमको मूल्य नदिने गरेका छन्,” उनले भनिन् ।
नया“ हसिया बनाए बापत २०० देखि २५० लिँदै आएकी राधिकाले हसिया“मा धार लगाए बापत २५, बन्चरोमा २०, खुर्पामा ३० रुपैयाँ ज्याला लिने गरेको बताउ“छिन् । दिनमा १५ देखि २५ सम्म औजार मर्मत गर्ने गरेको उनले बताइन् । खेतीपातीका बेला भने उनलाई काम पूरा गर्न अप्ठ्यारो हुने गरेको राधिका बताउ“छिन् ।
सामान्यतया पुरुषले मात्र गर्ने चलन रहेको आरानको काम राधिकाले गरेको देखेर गाउ“ले पनि उनको प्रशंसा गरेर थाक्दैनन् । उनको मेहनत र लगनशिलता देखेर सासु देवमती सुनार पनि उनको हौसला बढाएकी छन् । उनी भन्छिन्, “महिला ले सबै काम गर्न सक्छन् र गर्नुपर्छ ।”
राधिकालाई यसरी काम गरेको देखेर सो क्षेत्रका अन्य महिलाहरूले पनि विभिन्न रोजगार शुरु गरेका छन् । बाँके जिल्लाका सबै महिलाका लागि राधिका एक उत्कृष्ट उदाहरण बनेको अधिकांशको धारणा छ ।

युवाको छैन आकर्षण
सागर परियार
जुम्ला । “खेतीपाती गरौं, उमेर ढल्किसक्यो । व्यापार–व्यवसाय गरौं भने लगानी छैन । बिहान–बेलुका छाक टार्नै धौ–धौ छ,” उमेरले ६० नाघिसकेका पातारासी गाउँपालिका– ५ तलिल्होर्पका कैलो नेपालीले भने । उनी परम्परागत आरन पेसाबाटै जीवन निर्वाह गर्छन् । फलामलाई कुट्नु र त्यसलाई भाँडाकुडा तथा विभिन्न हतियारको स्वरूप दिनु उनको दैनिकी हो ।
चार छोरा छुट्टिएर बसेका कारण बुढेसकालमा पनि पेट पाल्नकै लागि परम्परागत पेसा अँगाल्नुपर्ने बाध्यता रहेको उनले सुनाए । “चार छोरा छुट्टिएर बसेका छन् । आफू खनजोत गर्न सक्दिनँ । त्यसैले बाबुबाजेले अँगाल्दै आएको यही पेसामा छु,” रातोपिरो भएर फलाम पिटेपछि निधारभरि पसिना चुहाउँदै उनले भने, “बुढेसकाल लागेपछि आफ्नै छोराछोरीले पनि हेला गर्दा रहेछन् ।”
कोदालो, हँसिया, कुटोलगायत कृषि सामग्री तथा विभिन्न भाँडाकुँडा बनाउने तथा मर्मत गर्ने काम गर्दै आएका नेपाली यस्ता सामग्रीबापत कसैसँग नगद लिने गर्छन् भने कसैसँग अन्नपात लिन्छन् । “वर्षमा कति आम्दानी हुन्छ भनेर लेखाजोखा गर्ने त गरिएको छैन,” उनले भने, “आरन पेसाबाट नुन, तेल अनि लुगाफाटो गर्न, भोको पेट पाल्न दुई बुढाबुढीलाई सहज भएको छ ।”

लोप हुँदै आरन
यो पेसाका लागि विशेषगरी आगो फुक्न पंखा आवश्यक पर्दछ । तर, यस्ता सामग्री बिग्रिएको खण्डमा खरिदका लागि रकम अभाव हुने गरेको कैलो नेपाली बताउँछन् । उनले गाउँपालिकाबाट केही सहयोग पाएको खण्डमा यस पेसालाई थप व्यवस्थित ढंगले अघि बढाउने सोच रहेको बताए ।
दलित समुदायका ज्येष्ठ नागरिकले यस पेसालाई निरन्तरता दिइरहे पनि युवापुस्तामा आरनप्रति आकर्षण छैन । युवाहरू वैदेशिक रोजगारी तथा अन्य काममा आकर्षित हुने गरेकाले यस्तो पेसा अँगाल्न रुचि देखाउँदैनन् । आरनसम्बन्धी सिप सिकेका युवा कमै भेटिन्छन् ।
खेतीयोग्य जमिन खनजोत गर्न कुटो–कोदालो अत्यावश्यक हुने भए पनि युवापुस्ताको आकर्षण कम हुँदै जाँदा कृषि औजारमा समेत आत्मनिर्भर हुन समस्या पर्ने देखिएको छ । गाउँपालिकाले बजेट विनियोजन गरेर आधुनिक ढंगले तालिम व्यवस्थापन गर्न सके युवापुस्तालाई पनि यस पेसामा आकर्षित गर्न सकिने जानकारहरू बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्