सिवाईसी सहकारीले सुरु ग-यो मिस्कल बैंकिङ सेवा «

सिवाईसी सहकारीले सुरु ग-यो मिस्कल बैंकिङ सेवा

बागलुङ-जिल्लास्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले मिसकलबाट रिचार्ज सेवा सुरु गरेको छ । संस्थाले एक कार्यक्रमका बीच मोबाइल फोनमा मिसकल गर्न साथ स्वतः ब्यालेन्स रिचार्ज हुने सेवा सुरु गरेको हो ।
संस्थाले यसअघि एटिएम, मोबाइल बैंकिङ, क्यूआर कोड, ट्ब्यालेट बैंकिङलगायतका सेवा सञ्चालन गरिसकेको छ । सिवाईसीलाई देशकै अग्रणी वित्तीय संस्थाको रुपमा स्थापित गर्ने योजनाअनुसार अगाडी बढेको संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माले बताए । सहकारीमार्फत सेयर सदस्यहरुलाई अत्याधुनिक सेवा प्रवाह गर्ने लक्ष्यअनुसार मिसकलमार्फत रिचार्ज सेवा शुभाम्भ गरिएका शर्माको भनाई छ । संस्थाले आफ्ना सेयर सदस्यहरुले अफिसियल नम्बर ९८६०५८०६०१ मा मिसकल गरेर स्वत रिचार्ज सेवा लिन आग्रह गरेको छ । सिवाईसीले समयसापेक्ष रुपमा आफ्ना सेवा र गतिविधि अघि बढाएर सदस्यहरुलाई संस्थाप्रति आकर्षण गर्नुका साथै विश्वास बढाउने जनाएको छ ।
आफ्ना सेयर सदस्यहरुलाई घर–घरमै सेवा दिने अभिप्रायले क्रमशः प्रविधिमैत्री सेवा थप गर्दै गएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले बताए । “गण्डकी प्रदेशमा अरु पनि छन्, धौलागिरिमा चाँही यस्तो सेवा पहिलो हुनुपर्छ,” न्यौपानेले भने, “हामी सेयर सदस्यलाई सेवा दिएर थप सदस्यलाई संस्थामा आकर्षित गर्ने अभियानमा छौ ।” संस्थाले यसअघि एटिएम, मोवाइल बैंकिङ क्यूआर कोड, ट्ब्यालेट बैंकिङलगायतका सेवा सञ्चालन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्