पूर्वाधार निर्माणमा विज्ञसँग छलफल «

पूर्वाधार निर्माणमा विज्ञसँग छलफल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नेपालमा निर्माण हुँदै  गरेका पूर्वाधारका क्षेत्रमा केन्द्रित रहेर विज्ञसँग छलफल गरेका छन् । मन्त्री नेम्वाङले रेलवेसम्बन्धी नीति, पूर्वाधार निर्माण र सञ्चालन भएका आयोजनका सम्बन्धमा छलफल गरेका छन् । मन्त्रालयमा बुधबार मन्त्री नेम्वाङले विज्ञहरूसँग पूर्वाधारका क्षेत्रमा रहेर छलफल गरिएको मन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री नेम्वाङले नेपालमा रेल निर्माणका लागि भनेर धेरै काम सुरु भएकाले यसको सम्भाव्यता के हो नेपाललाई रेलको आवश्यकता पर्ने हो कि नपर्ने हो ? भइरहेका काममा केके सुधार गरेर जानु आवश्यक जस्ता विषयमा मन्त्री नेम्वाङले छलफल गर्नु भएको छलफलमा सहभागी पूर्वसचिव तुलसी सिटौलाले बताए । साथै मन्त्री नेम्वाङले मन्त्रालयले पूर्वाधारका क्षेत्रमा गरिरहेका कामले सही दिशा दिए नदिएको जस्ता नीतिगत र सैद्धान्तिक विषयमा छलफल भएको जनाइएको छ ।
रेलको सैद्धान्तिक पक्षमा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले प्रष्ट पारेका थिए भने हालसम्म विगतबाट कसरी काम भएर रेलको समयसम्मको समीक्षा, भावी दिनमा गर्नुपर्ने कार्ययोजनामा आफ्नो तर्फबाट सल्लाह सुझाव दिएको पूर्वसचिव सिटौलाले बताए । मूलतः मन्त्रालयले रेलसँगै विकासका अन्य पूर्वाधार पनि निर्माण भइरहेकाले दुवै पक्षलाई कसरी अगाडि बढाउन सकिन्छ, भन्ने विषयमा मन्त्रीले चासो राखेका थिए । मन्त्रालयले अगाडि बढाएको निर्माणको मोडेल सही भए नभए यसलाई कसरी सच्चाएर अगाडि बढ्न सकिन्छ जस्ता विषयमा मन्त्रीले विज्ञको धारणा लिएको एक सहभागीले बताए । मन्त्रीले विशेष रूपमा अन्तर्राष्ट्रिय रूपमा रेलमा विकास हुँदैं गएको प्रविधिलाई कसरी आत्मसाथ गरेर नेपालले कुन प्रविधिमा अगाडि बढ्दा नेपालको हित हुन्छ भन्ने विषयमा विज्ञको धारण लिएका थिए । साथै निर्माणाधीन जनकपुर–जयनगर रेलवेको सञ्चालन तथा पूर्वपश्चिम रेल्वे निर्माणका लागि गरिएको तयारीका सम्बन्धमा पनि छलफल भएको थियो ।
मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसीप्रसाद सिटौला, विभागीय सचिव देवेन्द्र कार्की, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलिया, रेल विभागका महानिर्देशक बलराम मिश्र र मन्त्रायका सहसचिवहरू क्रमशः प्रमिला बज्रचार्य, देवीप्रसाद ज्ञवाली गोपालप्रसाद सिग्देलकोे सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्