माछापुच्छ्रे बैंक र नेपाल बार एसोसिएसनबीच सम्झौता «

माछापुच्छ्रे बैंक र नेपाल बार एसोसिएसनबीच सम्झौता

माछापुच्छ्रे बैंक र नेपालका कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनबीच सम्झौता भएको छ । एसोसिएसनसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा आवद्ध कानुन व्यवसायी तथा संस्थाहरूलाई बैंकिङ सेवा प्रदान गर्ने गरी सम्झौता भएको हो ।
सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल बार एसोसिएसनको तर्फबाट महासचिव लीलामणि पौडेलले हस्ताक्षर गरेका हुन् । नेपालको संविधानमा उल्लेख भएको एक मात्र पेसागत संगठनको रूपमा रहेको नेपाल बार एसोसिएसनमा करिब २० हजार सदस्य आवद्ध छन् ।
सम्झौतापछि नेपाल बार एसोसिएसनका सदस्यहरूले माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखामार्फत निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ सेवामा सहुलियत प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्