बिहीबार उपत्यकाका बैंकहरु बन्द «

बिहीबार उपत्यकाका बैंकहरु बन्द

सुरक्षाकर्मीले कार्यालय आउन लागेका कर्मचारीलाई बाटोमै रोकेको जनाउँदै काठमाडौं उपत्यकाका बैंक पनि बन्द गरिएका छन् । नेपाल बैंकर्स संघको आह्वानमा बिहीबार उपत्यकाका सबै बैंकका शाखा बन्द गरिएका हुन् । प्रहरीले कर्मचारीलाई बाटोमै रोकेर फर्काएकाले बिहीबारका लागि सबै बैंकका शाखा बन्द गरिएको संघले जनाएको छ । सुरक्षाकर्मीले कार्यालय आउन लागेका कर्मचारीलाई बाटोमै रोकेको जनाउँदै काठमाडौं उपत्यकाका बैंक पनि बन्द गरिएका छन् । नेपाल बैंकर्स संघको आह्वानमा बिहीबार उपत्यकाका सबै बैंकका शाखा बन्द गरिएका हुन् ।
प्रहरीले कर्मचारीलाई बाटोमै रोकेर फर्काएकाले बिहीबारका लागि सबै बैंकका शाखा बन्द गरिएको संघले जनाएको छ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । यो अवधिमा स्वास्थ्य, बैंकिङ, खानेपानी, सरसफाइलगायत अत्यावश्यक सेवा सञ्चालन गर्ने सहमित भएको थियो । नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कारोबार सुचारु राख्न निर्देशन दिएको थियो । सोहि अनुसार वाणिज्य बैंकहरुले पनि बिहीबारबाट एउटा बैंकले उपत्यकामा दैनिक बढीमा ८ वटा शाखाबाट मात्रै सेवा दिने निर्णय गरेका थिए । तर, प्रहरीले बिहीबार बिहानैदेखि बैंकका कर्मचारीलाई बाटोमै रोक्ने तथा फर्काउने गरेको भन्दै सेवा बन्द गरिएको हो ।
जसका कारण निषेधाज्ञाको व्यवस्था गर्दै तोकिएको बैंक शाखासम्म पुगेका व्यक्तिहरु सेवा लिनबाट बञ्चित भएका छन् । बैंक खोल्ने जानकारी पाएर जोरपाटीबाट अनामनगरसम्म हिडदैं पुगेका बलराम श्रेष्ठले आफूले दुःख पाएको गुनासो गरे । उनले पाँच वटा शाखा खुल्ला हुने जानकारी पाएर आएको भएपनि कर्मचारी आउन नपाएको कारण बैंक बन्द गरिएको जवाफ आएको बताए । यद्दपी, प्रहरीले बैंकका कर्मचारीलाई रोक्ने काम नभएको जानकारी दिएको छ । चेकजाँचका क्रममा केही समय ढिलो भएको हुनसक्ने तर, मनसायले रोक्ने काम नभएको प्रहरीको दावी छ । शुक्रबारबाट भने बैंकहरुले आधारभूत सेवा सुचारु गर्ने भएका छन् । सीमित शाखाहरुबाट मात्रै सेवा दिने गरी बैंकहरुले सेवा सुचारु गर्ने भएका हुन् । यसैबीच काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको पहिलो दिन सुरक्षा व्यवस्था कडा पारिएको छ । उपत्यकाका प्रशासनले अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको बताए पनि दैनिक उपभोग्य वस्तुको पसल समेत खोल्न दिइएको छैन । यस्तै, सर्वसाधारणलाई हिँँडडुलमा समेत रोक लगाइएको छ ।  निषेधाज्ञा पालना गराउन विभिन्न चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडाइका साथ चेकजाँच गरिरहेको पाइएको छ । निषेधाज्ञा उल्लंघन गर्ने सवारी–साधन नियन्त्रणमा लिने काम भएको छ ।
अनावश्यक हिँँडडुल गर्नेलाई नियन्त्रणमा लिई सडकको छेउमा उभ्याएर राखेको समेत पाइएको छ । उनीहरुलाई दुई घण्टा होल्ड राखेर छाडिएको प्रहरी जानकारी दिएको छ । सवारी साधनको हकमा भने दिनभर नियन्त्रणमा लिएर साँझ मात्रै छाडने काम भएको पनि जानकारी दिएको छ । यसअघि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार बुधबार राति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो । उक्त आदेश भदौ १० गते राति १२ बजेसम्म कायम हुने छ । निषेधाज्ञाको समयमा औषधी तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामबाहेक कोही पनि व्यक्ति घरबाट निस्किन पाउने छैनन् । पछिल्लो समय मुलुकभर कोरोना संक्रमितको दर बढेसँगै अधिकांश जिल्लाहरुमा आंशिक तथा पूर्ण लकडाउनमा छन् ।
बक्स बिहीबार बैंकहरु बन्द भएपछि गृह मन्त्रालयले तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशक दिएपछि शुक्रबार सेवा सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैंकले निषेधाज्ञाको अवधिमा सकेसम्म कम कर्मचारीबाट सीमित बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिएको छ । सोही निर्देशनअुनसार काम गर्न कार्यालय गएका बैंक वित्तीय संस्थाका कर्मचारीलाइ सुरक्षा निकायले रोकेपछि बैंकहरुले बैंकिङ सेवा नै बन्द गर्ने निर्णय गरे । “बिहीबार कर्मचारी कार्यालयसम्म आयन नसकेको हुनाले सेवा प्रदान गर्न सकिएन,” बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले भने, “शुक्रबारदेखि आधारभूत बैंकिङ सेवा सुचारु हुन्छ ।”

 

प्रतिक्रिया दिनुहोस्