काठमाडौंमा संक्रमितको संख्या दुई हजार नाघ्यो «

काठमाडौंमा संक्रमितको संख्या दुई हजार नाघ्यो

काठमाडौं उपत्यकामा बिहीबार २०० जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका १७४ जना, ललितपुरका १८ जना र भक्तपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २ हजार ६७८ पुगेको छ । यीमध्ये काठमाडौंका २ हजार ६२, ललितपुरका ३७६ र भक्तपुरका १७७ जना छन् ।
केही दिनयता काठमाडौंमा दैनिक सयभन्दा बढी संक्रमित थपिइरहेका छन् । बुधबार काठमाडौंका १३४ जना, ललितपुरका १७ जना र भक्तपुरका ८ जनामा संक्रमण पुष्टि भएको थियो ।

५२ जिल्लामा थपिए संक्रमित
बिहीबार मुलुकमा ५२ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन् । संक्रमण हुनेमा १९२ महिला र ५१५ पुरुष गरी ७०७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जिल्लागत रुपमा सबैभन्दा बढी काठमाडौंमा १७४ जना संक्रमित थपिएका छन् भने प्रदेशगत रूपमा सबैभन्दा बढी प्रदेश दुईमा २४८ जनामा संक्रमण भएको छ । बिहीबार प्रदेश २ का आठै जिल्लामा संक्रमित थपिएका छन् ।
जिल्लागत विवरण अनुसार धनकुटामा एक, झापामा एक, मोरङमा नौ जना संक्रमित थपिएका छन् । यस्तै सुनसरीमा १३, तेह्रथुमा नौ र उदयपुरमा चार जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
उनका अनुसार सप्तरीमा १९, सिरहामा २१, धनुषामा ३१, महोत्तरीमा १५ र सर्लाहीमा ९३ जना संक्रमित थपिएका छन् । प्रदेश २ को बारामा आठ, पर्सामा ५५, रौतहटमा एकजना संक्रमित थपिएका छन् ।
सिन्धुलीमा एक, दोलखामा एक, भक्तपुरमा आठ, काठमाडौंमा १७४ र धादिङमा दुई जना संक्रमित थपिएका छन् । ललितपुरमा १८, काभ्रेमा एक, नुवाकोटमा थप तीन जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
यस्तै सिन्धुपाल्चोकमा एक, चितवनमा एक, मकवानपुरमा २५ जना संक्रमित थपिएका छन् । बागलुङमा थप आठ जनामा संक्रमण भएको छ भने गोरखामा एक र कास्कीमा १९ जना थपिएका छन् ।
पूर्वी नवलपरासीमा तीन, स्याङ्जामा एक र तनहुँमा थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ । कपिलवस्तुमा ३०, रूपन्देहीमा १८, गुल्मीमा तीन जनामा संक्रमण भएको छ ।
दाङमा चार, प्यूठानमा एक, रोल्पामा एक र बाँकेमा १६ जना संक्रमित थपिएका छन् । बर्दियामा दुई, पश्चिम रुकुम, सल्यान, कालीकोट, सुर्खेत र जाजरकोटमा एकएकजना, दैलेखमा १९ जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
कैलालीमा एक, अछाममा ३१, डोटीमा १६, बझाङ, बैतडी, दर्चुलामा एकएक तथा डडेलधुरामा दुई जना संक्रमित थपिएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५५५ छ । बिहीबार २६४ जना मुक्त भएका छन् भने १७ हजार ९६४ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्