सुदूरपश्चिममा एकै दिन १२९ संक्रमित थपिए «

सुदूरपश्चिममा एकै दिन १२९ संक्रमित थपिए

धनगढी- सुदूरपश्चिम प्रदेशमा बिहीबार एक सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार दिउँसोसम्म सेती प्रादेशिक अस्पताल धनगढीबाट ६४, जिल्ला अस्पताल डडेल्धुराबाट ४७ र डोटी अस्पतालको प्रयोगशालाबाट १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिममा बिहीबार लामो समयपछि एकै पटक धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालका अनुसार गौरीगंगा नगरपालिकामा २६, गोदावरी नगरपालिकामा ११, घोडाघोडी नगरपालिकामा १०, भजनी नगरपालिका ३ र भीमदत्त नगरपालिकामा १४ गरी ६४ जनामा संक्रमण पुष्टि भएको छ । १८ जना महिला र ४६ जना पुरुषमा कोरोना पुष्टि भएको सेती अस्पतालले जनाए ।
यसैगरी, डडेल्धुरा जिल्ला अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ४७ जना कोरोना संक्रमित भेटिएका छन् । बिहीबार दिउँसोसम्मको तीन सय ७० जनामा कोरोना परीक्षण गर्दा ४७ जनामा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको हो । अस्पतालका कोभिड–१९ परीक्षण प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुषालले अछामका ३०, डोटीका १६ र डडेल्धुराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाए ।
उनका अनुसार अछामको मेल्लेख गाउँपालिका अछामका १५ र साँफेबगर नगरपालिकाका १५ गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डोटीको आदर्श गाउँपालिकाका १६ जना र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक जनामा पनि संक्रमण भएको उनले जनाए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सात सय ५७ जना आइसोलेशनमा उपचाररत रहेको बताए । उनले २८ जना होम आइसोलेशनमा रहेको जनाए । उनले सुदूरपश्चिमको क्वारेन्टाइनमा दुई पाँच सय ३४ रहेको र चार हजार तीन सय ४६ संक्रमण मुक्त भई डिस्चार्ज भएको जनाए ।

प्रतिक्रिया दिनुहोस्