सदस्यता नविकरणमा ५०% छुट «

सदस्यता नविकरणमा ५०% छुट

धनकुटा-लकडाउनका कारण उद्योग, व्यापार व्यावसाय धारासायी बन्दै गएको भन्दै धनकुटा उद्योग वाणिज्य संघले यस आर्थिक वर्षको सदस्यता नविकरणमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रण गर्नका लागि सरकारले लगाएको लकडाउनका कारण पूर्णरुपमा व्यावसाय सञ्चालन हुन नसक्दा अहिले उद्योगी, व्यापारी तथा व्यवसायीहरु चरम आर्थिक मारमा परेकाले संघको तर्फबाट पनि सदस्यता नविकरणमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।
लकडाउनका कारण थलिएका व्यवसायीलाई व्यवसाय पूर्णरुपमा सूचारु गर्न आकस्मिक कर्जा, सहुलिय कर्जालगायतका कर्जा उपब्ध गराउनसमेत संघले माग गरेको छ । सरकारले पनि प्यानमा दर्ता भएका साना व्यवसायीलाई ७५ प्रतिशतसम्म छुट दिएको र प्यानमा दर्ता गरी लामो समयदेखि नविकरण नगरेका र प्यानमा दर्ता नगरी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई पनि नविकरण र करमा दर्ता गर्नका लागि विशेष छुट दिइएकाले यस अवसरको सदुपयोग गर्न समेत संघले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्