आइएफसीको सेयर लगानी बढाउने «

आइएफसीको सेयर लगानी बढाउने

नेपाल सरकारले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को सेयर लगानी बढाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आइएफसीको सेयर लगानी बढाउने निर्णय भएको जानकारी दिए । विश्व बैंकअन्तर्गत ६ वटा निकाय छन् । नेपाल विश्व बैंकका साथै आइएफसीको सदस्य राष्ट्र हो । आइएफसीले आफ्नो पुँजी वृद्धि गर्दै लगानी बिस्तार गर्ने नीति लिएपछि सरकारले थप लगानी बढाउने निर्णय गरेको हो ।
मन्त्री खतिवडाले अर्थमन्त्रालयको प्रस्तावमा आफ्नो सेयर नघट्ने गरी पुँजी लगानी गर्न खोजिएको बताए ।
यसैगरी अर्थमन्त्रालयको प्रस्तावमा सरकारले विद्युत् प्रशारण र वितरण प्रणालीका लागि विदेशी ऋण तथा सहायता स्वीकार गर्ने निर्णय समेत गरेको छ । एसियाली विकास बैंकको करिव २४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नर्वे सरकारको ४ अर्ब रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको हो । छिमेकी राष्ट्रबीच विद्युत् व्यापारका लागि तयार गरिने पूर्वाधारका लागि यो ऋण र अनुदान रकम खर्च हुने छ ।
मन्त्रिपरिषद्ले प्राकृतिक विपतका घटनामा परी मृत्यु हुने व्यक्तिको परिवारलाई तत्कालै २ लाख रुपैयाँ राहत दिने पनि निर्णय गरेको छ । त्यस्तै विपदबाट घर, आवास नष्ट भएमा वा खाद्यान्न बाली तथा जग्गा जमिन, पसल व्यवसाय नोक्सान भएमा पीडित परिवारले नगद राहत दिने पनि निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्