गरिखाने अभियानले उद्योग सञ्चालन गर्ने «

गरिखाने अभियानले उद्योग सञ्चालन गर्ने

सरकार, निजी क्षेत्र, दातृ निकायले सञ्चालन गर्ने कार्यक्रमहरुमा त्यस्ता आकांक्षलाई जोडदिने, उनीहरुलाई बैक तथा वित्तीय संस्थासँग समन्वय गरी पुँजी उपलब्ध गराइदिने, आवश्यक बजार तथा मूल्य श्रृंखलामा आवद्ध गर्न स्थानीय सरकासँग समन्वय गरी काम गर्न पहल गर्ने सोच राखेको अभियानले जनाएको छ ।

नेपाली कांग्रेसले १२ हजार उद्योग सञ्चालन गर्ने गरी गरिखाने अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले मुलुकलाई समृद्ध बनाउन उद्यम, व्यवसाय गर्न चाहाने हरेक जनशक्ति र रोजगारीका लागि अवसर उपलब्ध गराउने गरी राष्ट्रव्यापी खरिखाने अभियान सञ्चालनको तयारी गर्न लागेको जनाएको छ । अभियानअन्र्तगत रोजगारीको अवसरमा रहेकाहरुलाई समेटेर करिब १२ हजार उद्योगमार्फत १ लाख २० हजार घरधुरी प्रत्यक्ष रोजगारी सिर्जना गरी ४ लाख ८० हजार जनसंख्यालाई प्रत्यक्ष लाभाविन्त बनाउने लक्ष्य राखिएको छ । अभियानले बैंकका प्रत्येक शाखाबाट ३ उद्यमीका दरले ऋण परिचालन गर्ने गरी अभियान सञ्चालन गरिएको जनाएको छ ।
कांग्रेले गठन गरेको कोरोना महामारीपछिको अवस्थामा लगानी पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिले अघि सारेको गरिखाने अभियानका लागि गरिखाने अभियान सचिवालय, अध्ययन, अनुसन्धान तथा गरिखाने अभियान प्रदेश समन्वय समिति गठन गरेर अघि बढ्ने जनाएको छ । विशेष समितिअन्र्तगतको सचिवालमा वरिष्ठ उद्योगपति विनोद चौधरी र उमेश श्रेष्ठ, अध्ययन, अनुसनधानमा प्रा.डा. विश्वम्भर प्याकुरेल, डा. रविन्द्र पाण्डे, डा. दधि अधिकारी र राजु नेपाल, गरिखाने अभियानमा हिम रावल, मनोज पौडेल र अमित श्रेष्ठ तथा प्रदेश–१ मा दीपक खड्का, प्रदेश–२ अनिल रुङगाटा, बागमती, गण्डकी र प्रदेश–५ मा इन्द्र बाँनिया, कर्णालीमा खगेश्वर बोहोरा तथा सुदूरपश्चिममा हिम रावल रहने छन् ।
सरकार, निजी क्षेत्र, दातृ निकायले सञ्चालन गर्ने कार्यक्रमहरुमा त्यस्ता आकांक्षलाई जोडदिने, उनीहरुलाई बैक तथा वित्तीय संस्थासँग समन्वय गरी पुँजी उपलब्ध गराइदिने, आवश्यक बजार तथा मूल्य श्रृंखलामा आवद्ध गर्न स्थानीय सरकासँग समन्वय गरी काम गर्न पहल गर्ने सोच राखेको अभियानले जनाएको छ । अभियानले सम्भावित परियोजनाहरुको सूची तयार गर्ने, आकांक्षी व्यक्तिहरु पहिचान गरी उनीहरुलाई सीप, पुँजी, प्रविधि र बजारको उपलब्धतामा सहयोग गर्ने लक्ष्य राखेको अभियानका सदस्य रुङगाटाले बताए । “कोरोना महामारी पछिको अवस्थामा रोजगारी गुमाउनेहरु र नयाँ रोजगारीको खोजीमा रहेकाहरुका लागि उनीहरुकै चाहनामा उद्यमशिलताका लागि त्यसको सम्भाव्यता अध्ययनदेखि लगानी जुटाउनेसम्मका कार्यका लागि समितिहरुलाई सबै किसिमका सहजीकरण गर्नेछ” उनले भने, “गरिखाने अभियान आगामी तीन महिनाभित्र घोषणा गर्ने समितिको योजना छ ।”
अभियानले उद्यमशिलता सञ्चालन गर्न चाहानेहरुको विवरण संकलन गर्न मोबाइल एप्लीकेसनमार्फत तयार गर्ने योजना बनाएको छ । अभियानले सीप बैक, परियोजनाको पहिचान, क्षमता अभिवृद्धि, बैंक तथा वित्तीय संस्थासँग सहजीकरण र समन्वय, मुल्यांकन र सुपरीवेक्षण, स्थायित्व, बजार, भ्यालु चेन्जका साथै सहकारी बजार, सहकारी मोडेलमा उद्योग स्थापना र निर्यातको अवसरलाई मुख्य जोड दिएको जनाएको छ ।
कार्यान्वयनका लागि संघीय राजधानीमा गरिखाने फ्लागसिप, प्रदेश राजधानीमा सीप विकास केन्द्र तथा गाउँपालिका र नगरपालिका ई–चौतरी मञ्चमार्फत कार्यान्वयन गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्