किसानमाथि प्रहरीले गरिरहेको दमनको विरुद्वमा जनमत पार्टी सर्लाहीद्वारा विरोध प्रदर्शन «

किसानमाथि प्रहरीले गरिरहेको दमनको विरुद्वमा जनमत पार्टी सर्लाहीद्वारा विरोध प्रदर्शन

सर्लाही-जनमत पार्टी सर्लाहीले किसानहरूमाथि प्रहरीले गरिरहेको दमनको विरुद्वमा जिल्ला प्रशासन कार्यलय अगाडि विरोध प्रदर्शन गरेको छ ।
प्रहरीले किसानहरूबाट कानुनविपरीत मल खाद तथा आफूले उत्पादन गरेको दाल खोसेको विरुद्वमा जनमत पार्टी सर्लाहीको सर्लाहीको जिल्ला संयोजक संजय सिंहको नेतुत्वमा जिल्ला प्रशासन कार्यलय अगाडि प्रहरीको विरुद्वमा प्रदर्शन गरेको छ ।
कोरोना भाइरस कोभिड–१९ को महामारी कारण जिल्लामा भएको लकडाउनको ध्यानमा राखी सामाजिक दुरीको पालना गर्दै जनमत पार्टी सर्लाहीले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा समाजिक दूरीको पालना गरी प्रहरीे दमनको विरुद्वमा विरोध प्रदर्शन गर्दै समस्या समाधानको माग राख्दै प्रजिअ सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण सामुदायिक स्थरमा पुगिसकेकाले जिल्ला प्रशासन कार्यालय सल्लाहीले साउन २५ गतेदेखि ३२ गतैसम्म बैठकबाट स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा संक्रमक रोग ऐन २०२० बमोजिम जिल्ला भरी निषेधाज्ञा आदेश जरी गरी बन्दाबन्दी (लकडाउन) को समय अवधि बढाउँदै लानसकिने निर्णय गरेको छ । आम जनतालाई केही भयो भने जनता प्रशासनको सहयोग लिन पुग्छ । तर प्रशासन नै लुटने गरेकोमा आजजनता कहाँ जने ? यो देशको संविधानले सबैलाई बाच्नु पर्ने अधिकार दिएको छ तर स्थानिए प्रशासनले नै आँखा बन्द गरे पछि आम जनता कहाँ जाने आमजनताको समस्या कसले सुनिदेला ।
स्थानीय प्रशासन आम जनतालाई किन लुटिरहेछ ? अहिले पूरै देश लकडाउनमा छ तर किसन यो तिन महिनाको धानकोले बर्षभरी खान पुग्ने । धनको खेतीका लागी मल–खाद् विषादी चाहियो कही किन्न मिल्दैन । नेपालको सबै डिलरहरूको गोदाम खाली छ, सरकारले पनि व्येवस्था गरी दिए, अब आम किसान कहाँ जाने ? किसान सँग एक मात्र विकल्प रहयो आफै सिमा पारी गएर ल्याउने । तर त्यहाँ बाटल्याउन दिँदैन भन्सार कटान जाएउ भने भंसार कार्यालय बन्द छ, लुकीछिपी एक – आधा बोरा ल्याए पनि सिमा चौकीमा खटिएको प्रहरी जनवाहरूले खोस्ने गरेका छन । प्रहरीहरूको गाली खाएर रितै हाथ फर्किन बाध्य हुनुपरेको छ । यति मात्र होइन किसना एक घरबाट अर्को घरमा अन्न ओसार्दा पनी भ्यट बिल माग्दै लुटने गरेको पाइएको छ । यसको विरुद्ध सरूप जनमत पार्टीले मंगलवार जिल्ला प्रशासन कार्यलय सर्लाही अगाडि विरोध प्रदर्शन गरेको कुराहरू जनमत पार्टीले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
लकडाउन कारण आर्थिक स्थिति कमजोर भएर औषधि उपचारका लागि आफूले उब्जाएको दाल बेच्न लग्दा प्रहरीले समातेर भन्सारमा बुझाएको बलरा नगरपालिका वार्ड नं९ नरहरगंज निवासी पीडित निरज दास बनियाँले बताए ।
धानको रोपाइँको समयमा देशमा रासायनिक मलको चरम अभाव भएको तथा किसानहरू भारतबाट चर्काे मूल्यमा ल्याइरहेको मल खाद प्रहरीले खोसी भन्सारमा बुझाउने गरेको विरोधमा विरोध प्रदर्शन गरेको जनमत पार्टीको केन्द्रिय सदस्य नरेश प्रसाद कुशवाहाले बताए।
किसानले उब्जाएको दाल समेत प्रहरीले खोसी भन्सारमा बुझाएको तथा पटक–पटक सम्बन्धि निकायसंग गुहार गरेपनि समस्या समाधानका लागि कुनै चासो नदेखाएकाले बाध्य भएर कोरोनाको महामारीमा प्रहरीको दमनको विरुद्वमा प्रदर्शन गर्नुपरेको जनमत पार्टीको सर्लाही जिल्ला संयोजक संजय सिंहले बताए ।

 

राधेश्याम कुशवाहा

प्रतिक्रिया दिनुहोस्