मकवानपुरमा संक्रमितको संख्या २ सय नाघ्यो «

मकवानपुरमा संक्रमितको संख्या २ सय नाघ्यो

हेटौंडा-मकवानपुरमा कोरोना भाइरस संक्रमितको संख्या २ सयभन्दा बढी भएको छ । मंगलबार एकैदिन मकवानपुरका २६ जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म संक्रमितको संख्या २ सय ५ पुगेको हो ।
२९ र ३० गते संकलित स्वाबको नतिजा मंगलबार बिहान प्राप्त भएको हो । कोरोना भाइरस संक्रमित हुनेमा हेटौंडा उपमहानगर क्षेत्रका १८ जना बाहिरी जिल्लाका ५ जना, मकवानपुरगढी गाउँपालिकाका २ र बागमती गाउँपालिकाका एक जना छन् ।
जसमध्ये ५ जना जिल्लाबाहिरका कर्मचारी र एक जना हेटौंडा–४ का ४८ वर्षीय पुरुष कर्मचारी छन् । त्यस्तै हेटौंडा–१ की एक जना ३२ वर्षीय महिला स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएका छ । हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार संक्रमित हुनेहरूमा कर्मचारीसहित हेटौंडा–४ का ५ जना रहेका छन् । ४ नम्बर वडाका ६५ वर्षीय महिला, ४८ वर्षका २ पुरुष, ४३ र ६५ वर्षीय पुरुष छन् । त्यस्तै हेटौंडा–५ का ३०, ३२ र ३२ वर्षका ३ जना पुरुष छन् । हेटौंडा–६ का ४१ व्र्षीय पुरुष, २ का २२ वर्षीय पुरुष, ८ का ३९ वर्षीय पुरुष, १० का ३२ र ३६ वर्षीया महिला, ११ नम्बर वडाका २६ वर्षीया महिला र ७४ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै हेटौंडा–१२ का ३१ वर्षीय पुरुष, र ३३ वर्षीया महिला रहेका छन् भने मकवानपुरगढी गाउँपालिकाका २६ र ३८ वर्षीय पुरुष छन् । बागमती गाउँपालिका–८ का ३२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
मकवानपुरमा रहेर काम गर्ने बाहिरी जिल्लाका संक्रमितहरूमा दैलेखका ४१ वर्षीय पुरुष, काठमाडौंका ४८ वर्षीय पुरुष, पाल्पाका ३५ वर्षीय पुरुष, भक्तपुरका ३६ वर्षीय पुरुष र पर्साका ४३ वर्षीय पुरुष छन् । २९ गते ८३ जना र ३० गते हेटौंडामा १०७ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये चुरेहिल अस्पतालमा संकलन गरिएको ४० जनाको स्वाबको नतिजा आउन बाँकी छ ।
५ सय ७६ को रिपोर्ट आउनै बाँकी
मकवानपुरमा साउन ३० गतेयता नमूना लिइएका ५ सय ७६ जनाको रिपोर्ट आउनै बाँकी रहेको छ । मंगलबार मात्रै १ सय ८९ जनाको स्वाब संकलन भएको छ । हेटौंडा–१० स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा साउन ३० गते संकलित १०७ जनाको स्वाबमध्ये ४० जनाको रिपोर्ट अझै आएको छैन ।
उनीहरूमध्ये अधिकांश चुरेहिल अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी हुन् । त्यस्तै ३१ गते संकलित १०५ जनाको स्वाबमध्ये केही उच्च पदस्थ २० जनाको रिपोर्ट सोमबार नै दिइएको थियो । जसमा ५ जनालाई कारोना पुष्टी भइसकेको छ । ३१ गते संकलित ८५ जनाको अझै रिपोर्ट प्राप्त भएको छैन । ३२ गते संकलित १३६ जनाको स्वाब संकलन भएकोमा हालसम्म प्रयोगशालामै थन्किएको छ ।
भदौ १ गते १ सय २६ जना र भदौ २ गते आज १८९ जनाको स्वाब संकलन गरी पठाइएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्