बजार देखि संस्थान सम्म खाद्यान्न अभाव «

बजार देखि संस्थान सम्म खाद्यान्न अभाव

मुगु-हिमाली जिल्ला मुगुमा सदरमुकाम गमगढी बजारदेखि संस्थानसम्म खाद्यान्न अभाव भएको छ ।
खाद्य संस्थानव्यापार कम्पनी लिमिटेड मुगु जिल्लाको गतआर्थिक वर्षको स्वीकृत कोठा अनुसार गमगढी बजारको लागि १० हजार, पुलु १२ सय क्वीन्टल, सोरुकोट २२ सय क्वीन्टल, खत्याडको रातापानि १२ सय क्वीन्टल, पुन रातापानीको ८ सय क्वीन्टल, त्यस्तै कालै डिपो केन्द्रमा ४२ सय ९९ क्वीन्टलमध्ये १ सय ७१ क्वीन्टल मात्र ढुवानि भई बिक्री वितरण भइसकेको खाद्यव्यवस्था तथा व्यपार कम्पनी मुगुले जनाएको छ ।
कार्यालयका जिल्लाको खाद्य व्यवस्था तथा व्यपार कम्पनीअन्तर्गतका सबै डिपो हिजो–आज खाली छन भने शाखा कार्यालय गमगढीमा रहेको गोदाममा ५ सय ५० क्वीन्टल मात्र स्टोक रहेको उक्त स्टोक रहेको चामल दैविकप्रकोप पीडित, लगायत अत्यावश्यक कार्यमा मात्र वितरण गरिने गएको साउन २८ गतेबाट एक सार्वजनिक सूचना गरी सर्वसाधरणहरुलाई खाद्यान्न बिक्री वितरणमा रोक लगाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा मुगुका कार्यालय प्रमुख कर्णबहादुर रावलले बताए ।
उनका अनुसार सोना मंसुली, मध्ये जापानिज, अरुवामोटो, जिरा मंसुलीलगायतका आधादर्जनका खाद्यान्न बिक्री वितरण गर्दै आइरहेको आर्थिक वर्ष ७७ ÷७८ को खाद्यान्न ढुवानी ठेक्का पट्टाको प्रक्रिया भइरहेको हुनाले गत वर्षको चामल सकिसकेको हुनाले र नयाँ चामलन आएको हुँदा खाद्यान्नमा अभाव भएको रावलले जानकारी दिए ।

खाद्य संस्थानमा चामल लिनआउदा चामल छैनभन्दा खाली हातफ र्कुनु परेको र बजारमा पनि जाँदा खाद्यान्न नभेटिएको रित्तोहात फर्कुनु परेको छायानाथ रारा नगरपालिका–४ का स्थानीय खड्क सिंह भामले बताए ।
यता सदरमुकाम गमगढी बजारमा दैनिक उपभोग्य सामान दाल चामल, तेल, मैदा, सुजी, आटो, चाउचाउ, बिस्कुट, अभाव भएको देखिन्छ ।
साउन महिनामा आएको वर्षातका कारणले नाग्म गमगढी सडक जोड्ने सडक खण्डमा दर्जन भन्दा बढी स्थानमा बाटो अवरुद्ध हुनुका साथै सडक डिभिजन कार्यालय जुम्लाले आर्थिक वर्ष अन्त्यमा सडक विस्तार तथा स्तर उन्नति गर्दा सवारी साधनहरु हिलोमा फस्दा समयमै सामान ढुवानी गर्न नसक्दा गमगढी बजारमा दैनिक उपभोग्य सामानहरु अभाव देखिएको कामना स्टोरका प्रोपाइटर बाँचुकला रावतले बताइएकी छन् ।
डेढ महिनासम्म सडक अवरद्ध हुँदा गमगढी बजारमा दैनिक उपभोग्य सामानको अभाव देखिएको छ भने बन्द सडक सुचारु गर्नका लागि स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारलगायत सम्पूर्ण सरोकारवाला निकायको ध्यानन गएको व्यापारी राष्ट्रराज कार्कीले बताएका छन् ।
चामल, तेल, आटा लगायत अन्य सामान बजारमा अभाव भएको बजारमा फाटफुट कतै चामल भेटिएको भए पनि पहिलो १५ सयदेखि १६ सय रुपैयाँ पर्ने चामलको हिजो आज २ हजार रुपैयाँभन्दा बढी तिर्नुपरेको छ ।

 

दानबहादुर बूढा

प्रतिक्रिया दिनुहोस्