प्रेस काउन्सिलबाट श्रेष्ठलाई नहटाउन सर्वोच्चको आदेश «

प्रेस काउन्सिलबाट श्रेष्ठलाई नहटाउन सर्वोच्चको आदेश

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउने सरकारको निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ । सर्वोच्चतले अध्यक्ष परिवर्तन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले प्रेस काउन्सिलको नियमावली परिवर्तन गर्दै कार्यवाहक अध्यक्ष परिवर्तन गर्ने निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गरेको हो । आदेशको पूर्णपाठ भने आइसकेको छैन ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले श्रेष्ठलाई हटाएर दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयविरुद्ध चेतनाथ धमलाले रिट दायर गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्