श्यामैडाँडाका चेपाङले पानीको अधिकार पाए «

श्यामैडाँडाका चेपाङले पानीको अधिकार पाए

पुस्तौंदेखि पेटभरि खानेपानी समेत खान नपाएका गजुरी गाउँपालिका–६ श्यामैडाँडाका चेपाङ समुदायको खानेपानी खान पाउने अधिकार स्थापित भएको छ ।
२०७१ पुसबाट अधिकारका लागि संगठित भएर श्यामैडाँडा खाद्य अधिकार समूह गठन गरी खाद्य अधिकार समूह गठन गरी (खानेपानी) स्थानीय र जिल्ला तहमा धेरै पटक धाएको समूहकी अध्यक्ष विमला चेपाङले बताइन् । मानव अधिकारवादी संस्था फियान नेपालले खाद्य अधिकारको बारेमा अभिमुखीकरण कार्यक्रम चलाएपछि खानेपानी खाने पाउने पनि अधिकार रहेकछ भनेर समूह गठन गरेको हो । समूह गठन गरेपछि खाद्यअधिकार अवधारणा, पैरवी र नेतृत्व विकास तालिम फियान नेपालले दियो । अधिकार के हो, कसरी लिने भन्ने बारेमा जानकारी पाएपछि गाविस, जिविस र खानेपानी कार्यालयमा डेलिगेसन र छलफलका लागि गयौं । त्यही समाचार पत्रिकामा आएको रहेछ । समाचार पढेर ओम साई संगठन नेपालले फोन गरेर हाम्रो गाँउ आएर खानेपानी ल्याइदिने भन्नु भयो । अहिले पाइपलाइन खन्ने काम सकिएको छ अध्यक्ष चेपाङ बताइन् ।
३ वर्षमा जति कुरा सिकियो, जानियो । यसअघिका दुख बिर्सन सहयोग पुगेको छ । हामी आर्थिक रूपमा र चेतनाका हिसाबले पनि कमजोर चेपाङलाई सचेतना थपेर फियान नेपालले हाम्रो लागि गुनमात्र हैन अधिकार स्थापित गर्न मद्दत पु¥याएको समूहकी सदस्य संगिता चेपाङले बताइन् । १४० भन्दा बढी परिवार चेपाङ रहेको गाउँमा खानेपानीको अभाव छ । “स्कुले बालबच्चा स्कुलको समयभन्दा बाहेक पधेरोमा पानीको लागि लाइन बस्नु पर्छ । अब केही महिनापछि घरघरमा धारो आउनेमा हामी विश्वासका साथ काम गरिरहेका छांै,” सदस्य चेपाङले भनिन् ।
कात्तिक २८ गते ओम साई संगठन नेपालले खानेपानी निर्माणका लागि शिलान्यास गरेको थियो भने चैत २८ गते समुदायलाई पाइपलाइन खन्न औजार हस्तान्तरण गरेको थियो । समुदायले सात दिनमा ८ किलोमिटर पाइपलाइन खनेपछि संगठन हौसिएको छ । समुदायको सक्रियाता देखेर लक्षित समयभन्दा अघि पानी आउने पाइपसहितका सामग्री खरिदमा संगठन लागेको छ । संगठनको मानवीय सेवा देखेर खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पनि समुदायलाई ‘एक घर एक धारा’ निर्माणमा सहयोग गर्न जुटेको छ । चालू आवमा काम गर्न सम्झौता भइसकेको इन्जिनियर हेराकाजी महर्जनले बताए ।

राजेन्द्र बस्नेत

 

प्रतिक्रिया दिनुहोस्