Logo

अफरोडमा कुदाउन उपयुक्त कार

 नेपालका धेरै सडक यस्ता छन्, ती सडकमा ड्राइभिङ गर्नु निकै चुनौतीको काम हो । यस्तो अवस्थामा तपाईंलाई उपयुक्त कारको आवश्यक पर्छ, जो रफरोडमा सहजै गुड्न सक्छन् । यस्ता छन् अफरोडमा कुदाउन उपयुक्त हुने कारः
ड्याट्सन रेडि–गो : एन्ट्री लेभल ह्याचब्याक
यो ड्याटसन गो कारको प्लाटफर्ममा बनेको सानो कार हो । यसको ग्राउण्ड क्लियरेन्स १८५ एमएम छ । यो कार ०.८ लिटर पेट्रोल इन्जिन र १.० लिटर पेट्रोल इन्जिनमा उपलब्ध छ । यो कार रफ रोडमा कुदाउन उपयुक्त मानिन्छ ।

रेनो क्विड
यो रेनोको एन्ट्री लेभल ह्याचब्याक हो । यसको ग्राउण्ड क्लियरेन्स १८० एमएम छ । क्विड भारतीय बजारमा निकै रूचाइएको कार हो । यो कार रफ रोडमा सजिलै दौडन सक्छ ।

मारूती इग्निसः मिड लेभल ह्याचब्याक
यो मारूतिको प्रिमियम एन्ट्री लेभल ह्याचब्याक हो । जसको ग्राउण्ड क्लियरेन्स १८० एमएम छ । यसको फरक डिजाइनको निकै चर्चा हुने गरेको छ । हाई ग्राउण्ड क्लियरेन्सले रफ रोडको यात्रालाई सहज बनाउँछ ।
फियाट पुन्टो ईवीओः प्रिमियम ह्याचब्याक
यो गाडीको ग्राउण्ड क्लियरेन्स १९५ एमएम छ । पुन्टो ईवीओ प्रिमियम ह्याचब्याक सेगमेन्टको सबैभन्दा उत्कृष्ट गाडीमा एक हो ।
फोर्ड फिगो-फिगो एस्पायर
यसको ग्राउण्ड क्लियरेन्स १७४ एमएम हो । दुवै मोडल सहर र गाउँको सडकमा सजिलै दौडाउन सकिन्छ । दुवैमा एकै प्लाटफर्म र विलवेस छ ।
टोयोटा इटिओस क्रसः क्रसओभर ह्याचब्याक
इटिओस क्रस इटिओस ह्याचब्याकमा आधारित छ । यसको ग्राउण्ड क्लियरेन्स १७५ एमएम छ । टोयोटाले यो मोडलको ग्राउण्ड क्लियरेन्स १७४ एमएम राखेको छ ।
फियाट अवेन्चुरा-अर्बन क्रस
यी दुवै कार फाएट पुन्टो ईवीओमा आधारित छन् । यसको ग्राउण्ड क्लियरेन्स २०५ एमएम छ । फियाटका उक्त कारका ग्राउण्ड क्लियरेन्सले धेरै एसयुभीको पछि पारेको छ ।

हुन्डाई एक्टिभ आईट्वेन्टी
हुन्डाइले एलिट आईट्वेन्टी २० को क्रसओभर भर्जन ऐक्टिभ आईट्वेन्टी को ग्राउण्ड क्लियरेन्स १९० एमएम बनाएको छ । एलिट आईट्वेन्टी रफ रोडमा सहजै दौडन सक्छ ।
फियाट लिनियाः मिड साइल सेडान
फियाटको यो सेडानको ग्राउण्ड क्लियरेन्स १८५ एमएम छ । जसले यो सेगमेन्टलाई उत्कृष्ट बनाउन सहज बनाएको छ । यो कार स्पीड ब्रेकरमा अन्डरवडी स्क्रेपिङको चिन्ता विनै गुडान सकिन्छ ।
टोयोटा कोरोला अल्टिसः सी–सेगमेन्ट सेडान
टोयोटाले यो कारमा १७६ एमएमको ग्राउण्ड क्लियरेन्स राखेको छ । जसका कारण यो कार सहजै अफ रोडमा गुडाउन सकिन्छ । यो कारमा २७ सय एमएमको विलेबस दिइएको छ ।
(एजेन्सीको सहयोगमा)

 

प्रतिक्रिया दिनुहोस्