Logo

प्यूठानमा पुनः लकडाउन

प्यूठान- जिल्लामा कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन गरिएको छ । कोरोना संक्रमण वढ्दै गएपछि मंगलबार राती १२ बजेदेखि लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भूषालले बताए ।
“अत्यावश्यक यातायातका साधनबाहेक अन्य सबै बन्द गर्ने निर्णय भएको छ,” प्रमुख जिल्ला अधिकारी भुषालले भने, “स्वास्थ्य सतर्कता नपनाई संचालन गर्ने पसललाई समेत कारवाही हुन्छ ।” बजारमा भिडभाड समेत बढेकोले बजार अनुगमका लागि अनुगमन टोली गठन गरिएको उनले जानकारी दिए । “मापदण्ड अनुसार संचालन नभएका पसल सिल गर्ने सम्मको अधिकार अनुगमन समितिलाई दिईएको छ,” उनले भने ।
लकडाउन हटेसँगै हरितालिका तिज नजिकिँदै गर्दा पछिल्लो समय बजारमा भिडभाड समेत बढ्दै आएको थियो । कोरोना संक्रमण नियन्त्रण गर्न जिल्लामा मास्क नलगाई हिँड्नेका लागि कारवाहि समेत शुरु गरिएको छ । मंगलवार देखि मास्क नलगाई हिँड्नेका लागि प्रहरीले जरीवाना काट्न थालेको हो ।

 

प्रतिक्रिया दिनुहोस्