कामीरिता शेर्पा २२ औं पकट आरोहण गर्ने तयारीमा

थामेका कामीरिता शेर्पा सर्वोच्च शिखर सगरमाथामा २२ औं पटक आरोहणको लागि जाने भएका छन् । उनले सफल आरोहण गरेमा यसअघिको आप्पा शेर्पाको २१ पटकको रेकर्ड तोडिनेछ ।
उनी यस वसन्त ऋतुको मे महिनामा सर्वोच्च शिखर सगरमाथामा २२ औं पटक आरोहण गरेर विश्व कृतिमान राख्ने योजनामा छन् । सोलुखुम्बुको थामेमा जन्मेका कामीरिताले सन् १९९४ मा पहिलो पाइला राखेका थिए । त्यसपछि केही वर्ष बाहेक लगातार संसारको अग्लो छानो सगरमाथामा सफल पाइला राख्दै आएका छन् ।
गत वर्ष वसन्त ऋतुमा २१ औं पटक सगरमाथा शिखर चुमेका कामीरिताले २२ औं पटक सगरमाथा शिखरमा पाइला राखेर यसअघि सबैभन्दा बढी सगरमाथा आरोहण गरेर विश्व कृतिमान राखेका थामे गाउँकै आप्पा शेर्पाको रेर्कड तोड्ने छन् ।
४७ वर्षे कामीरिताले सगरमाथा आरोहण अरू कोहीसँग प्रतिस्पर्धा नभएर साहसिक र निरन्तर सगरमाथाप्रतिको लगाब रहेको बताए । “मैलै अरूको रेकर्ड ब्रेक गर्नलाई सगरमाथा आरोहणमा जान लागेको होइन,” शेर्पाले भने ।
सन् १९९४ मे १३ मा पूरा भयो । त्यसयता अनबरत २१ औं पटक शिखरमा पाएला पुगे र २५ औं पटकसम्म सर्वोच्च शिखर सगरमाथामा पाइला पुराउने लक्ष्य छ ।
कामीरिताले विदेश आरोहण दलका सदस्यहरूलाई सगरमाथामा क्लामिङ शेर्पाको रूपमा काम गर्दै २१ औं पटकसम्म शिखरमा पाइला पुराएका हुन् । अहिलेसम्म सबैभन्दा बढी आप्पा शेर्पाले २१ पटकसम्म सर्वोच्च शिखर सगरमाथा चढेर विश्व कृतिमानी आरोहीको नाम गिनीजबुकमा विश्व रेकर्ड कायम गरेका छन् ।
कामीरिताले २२ औं पटक सगरमाथा आरोहण गरे भने उनको रेकर्ड तोडिनेछ । २१ औं पटकसम्म सगरमाथा आरोहण गर्ने तीन जना छन् । आप्पा शेर्पा, कामीरिता शेर्पा र खुम्जुङका फुर्बा टासी शेर्पा । कामीरिता २२ औं पटक सगरमाथा आरोहण गर्न अप्रिल १ तारिखका दिन लुक्ला प्रस्थान गर्ने छन् ।