पीपीए खुलाउन निजी क्षेत्रको माग «

पीपीए खुलाउन निजी क्षेत्रको माग

निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले डेढ वर्षदेखि बन्द रहेको टेक अर पे खुलाउन ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनसँग माग गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उनीहरूले यस्तो माग गरेका हुन् । १० वर्षदेखि १५ हजार मेगावाट विद्युत् उत्पादन लक्ष्यसहित सोही आधारमा नदी प्रवाहमा आधारित (आरओआर)तर्फ ३५ प्रतिश तथा अन्य जलाशय, अर्धजलाशय र नवीकरणीय ऊर्जाको हिस्सा रहने उल्लेख गरी आरओआरतर्फ हिस्सा पुगेको भन्दै टेक अर पे पीपीए विद्युत्प प्राधिकरणले रोकेको छ । हाल टेक एण्ड पे (लिऊ र तिर) पीपीए गरिरहेको छ । मन्त्री पुनसँग सो हटाउन माग गरेपछि उनले सरकारको सो प्रावधानलाई पुनर्विचार गरेर तुरुन्तै बन्द टेक वा पे पीपीए खुलाउने बताए ।
इपानले कोरोनाको कारणले सर्भेक्षण लाइसेन्स नवीकरण गर्न आवेदन दिएकोमा लकडाउन खुलेलगत्तै ३५ दिनभित्र आवश्यक दस्तुर तिर्न विद्युत् विकास विभागले परिपत्र गरी दस्तुर नबुझाएमा खारेज गर्ने पत्र पठाएकोमा अहिले पनि कठिन अवस्था रहेको बताउँदै यसमा थप समय दिनमाग गरेका थिए । मन्त्री पुनले सँगै रहेका विद्युत् विकास विभागका महानिर्देशक नवीन सिंहलाई सोबारे पुनर्विचार गर्न निर्देशन दिएका थिए । पुनले विदेशी लगानीकर्तासँग मिलेर जलविद्युत्मा लगानी गर्न स्वदेशी लगानीकर्तालाई आग्रह गरेका थिए । उनले विदेशी लगानीकर्तासँग मिलेर ऊर्जा उत्पादनमा लाग्ने स्वदेशी लगानीकर्तालाई नीतिगत रुपमै सरकारले स्वागत, प्रोत्साहन र संरक्षण गर्ने बताउँदै विदेशी लगानीकर्तासँग काम गर्दा घरेलु लगानीकर्ताले दक्षता वृद्धि, प्रविधि र अनुभव तथा व्यापारिक ज्ञान हासिल गर्न सक्ने बताए ।
कोभिड–१९ महाकारीका कारण अधिकांश विकास आयोजनाको निर्माण कार्य ठप्प हुँदा पनि जलविद्युत् आयोजना निर्माणका काम सुचारु गर्न मन्त्रालयले सहजीकरण गरेको बताउँदै कोभिड महामारीकै बीच पनि निजी क्षेत्रबाट उत्पादित बिजुलीको भुक्तानी नरोकिएको बताए । इमानदार लगानीकर्ताका लागि मन्त्रालय र सरकारले सधैं सहजीकरणको काम गरिरहेको र गर्ने स्पष्ट गर्दै संघीय संसद्मा विचाराधीन नयाँ विद्युत् ऐन निजी क्षेत्र र लगानीमैत्री रहेको उनले बताए ।
कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले ठूला आयोजनामा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्दै पुनले मन्त्रालयमा आएपछि जारी गरेका श्वेतपत्रका धेरै काम सम्पन्न हुने चरणमा पुगेको बताए । इपानका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद आचार्यले लगानीकर्ताको सम्मान र संरक्षणमा सरकारको ध्यान जानुपर्ने सुझाव दिँदै निजी क्षेत्रले निर्माण गरेका जलविद्युत् आयोजना ३० वर्षपछि सम्पूर्ण हिसाबले सरकारको हुने भएकाले पनि आफूहरूको संरक्षणमा सरकार चुक्न नहुने बताए ।
नेपाल विद्युत् प्राधिकरणले ३५औं वार्षिकोत्सवको अवसरमागतआर्थिक वर्षमानिर्धारित लक्ष्यभन्दा अगाडि विद्युत् उत्पादन सुरु गर्ने चार जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई सम्मान गरेको छ । विद्युत् खरिद सम्झौता (पीपीए) मा तोकिएको व्यापारिक उत्पादन मितिभन्दा पहिले विद्युत् उत्पादन सुरु गरेर प्रणालीमा योगदान दिएका ति कम्पनीहरूलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा अपि पावर कम्पनी, डोल्टी पावर कम्पनी, सगरमाथा जलविद्युत् कम्पनी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्