Logo

पाँच महिनामा ५१ हजार भित्रिए, २१ हजार बाहिरिए

नियमित हवाई उडान रोकिएयता मुलुकमा करिब ५१ हजार अन्तर्राष्ट्रिय हवाई यात्रु भित्रिएका छन् भने बाहिरिनेको संख्या झन्डै २१ हजार रहेको छ । चैत १४ देखि साउन ३२ सम्म नेपालसहित ३८ मुलुकका ५० हजार ७२३ नागरिक हवाईमार्ग हुँदै स्वदेश फर्किएका छन् भने ९९ मुलुकका २० हजार ७२३ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालबाट बाहिरिएका छन् । जसमा नेपालीको संख्या ११ हजार २२६ रहेकोमा यीमध्ये रोजगारीको लागि कोरिया र जापान लगायतका श्रम गन्तव्यमा जाने धेरै छन् । लकडाउनका कारण नेपालमा अलपत्र परेका ९ हजार ४८४ विदेशी नागरिक पनि चार्टर उडानमार्फत स्वदेश फिर्ता भएका छन् । यो अवधिमा स्वदेश फिर्ता हुनेमा ५० हजार ७२३ नेपाली नागरिक रहेका छन् । बाहिरिनेमा सबैभन्दा बढी १४०३ चिनियाँ तथा १३४१ अमेरिकी र ९७५ बेलायती नागरिक रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्