व्यापार युद्धबाट सुरु भएको अमेरिका–चीनको द्वन्द्व अब प्रविधिमा

हङकङ-दुई सुपरपावरबीच कोरोनाभाइरस महामारीदेखि मानव अधिकार र हङकङ लगायतका सबै चीजमा अमेरिका–चीनबीचको तनाव उचाईमा पुगेकै सयममा हाल आएर भावि प्रविधिको विषयमा पुगेको छ ।
हाल उनीहरुको सम्बन्धबीचको तनाव धरातलमै आएको छ । दुवै पक्ष र मन्दीको त्रासमा रहेको विश्वव्यापी अर्थतन्त्र हालका लागि भएपनि रोकिनु आवश्यक देखिएको छ ।
“हामी व्यस्त हुनुपर्ने एक क्षेत्र भनेको व्यापार हो,” ह्वाइट हाउसका सल्लाहकार ल्यारी कुडलोले बताए । “हालका लागि यो राम्रो भएको छ ।”
जनवरीमा आंशिक व्यापार सम्झौतापछि दुई मुलुकबीच प्रसस्त परिवर्तन आइसकेका छन् । सुरुका दुई वर्षमा अमेरिकाले व्यापारमा पहिलो प्रहार गरेको थियो । उक्त सम्झौतापछि अमेरिकी सरकारले चीनमाथि लगाएको शुल्क घटाएको थियो । बेइजिङले पनि अर्बौ डलरको कृषि सामग्री खरिद गर्न सम्झौता गरेको थियो ।
यी दुई मुलुकले विश्वव्यापी अर्थतन्त्रमा महामारीको प्रभाव परेपछि कोभिड–१९ को विस्तारमा एक अर्का मुलुकमाथि आरोप लगाएका थिए र बिग्रेको राष्ट्रिय सुरक्षा विवादमा एक अर्काका कन्सुलेट बन्द गराएका थिए । अमेरिकी अधिकारीले पनि कतिपय चिनियाँ फर्मलाई लक्षित गरेका थिए र टिकटक र विच्याटलाई प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।
यद्यपि जनवरीको व्यापार सम्झौता व्यापक पूर्ण थियो । कुडलोले चीनले व्यापक रुपमा अमेरिकी सामग्रीको खरिदलाई बढाएको बताएका छन् । जुलाईमा मात्रै चीनले अमेरिकाबाट ४६ लाख मेट्रिक टन भटमास खरिद गरेको थियो ।