मोटरसाइकल चोरको गिरोह पक्राउ «

मोटरसाइकल चोरको गिरोह पक्राउ

कास्कीमा मोटरसाइकल चोरी गर्ने एक गिरोह पक्राउ परेको छ । विभिन्न मिति र समयमा विभिन्न स्थानहरुवाट स्कुटर, मोटरसाइकल चोरी गरी चोरेका सवारी साधनहरुको नम्वर प्लेट एवं स्वरुप परिवर्तन गरी बेचबिखन गर्ने १९ जना समूहको गिरोह नै पक्राउ गरी कास्की प्रहरीले सोमबार पोखरामा सार्वजनिक गरेको हो ।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक एसपी अशोक सिंहले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मोटरसाइकल चोरी गर्ने १९ जनाको एक गिरोहसहित ८ वटा मोटरसाइकल बरामद गरिएको बताए । पोखरा लेखनाथ महानगरपालिका वडा नं ३ नदिपुर स्थित फिल्म हलको पार्किङमा मोटरसाइकल चोर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेसँगै मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ परेको हो ।

प्रतिक्रिया दिनुहोस्