ग्लोबल आइएमई बैंकका कर्मचारीको कोरोना बिमा «

ग्लोबल आइएमई बैंकका कर्मचारीको कोरोना बिमा

ग्लोबल आइएमई बैंक लिमिटेडले कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दैै आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बिमा गराएको जनाएको छ । बैंकले यस बिषम र प्रतिकुल अवस्था पनि आफ्ना ग्राहकलाई सेवा दिनका लागि खटिरहेका कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राख बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीको कोभिड–१९ बिमा गराएको जनायो ।
बैंकले हरेक कर्मचारीको १ लाख रुपैयाँ बराबरको बिमा गराएको छ । बिमामा उल्लेख भएको सम्झौताअनुसार बैंकको कर्मचारीमा कोरोना संक्रमण भई पीसीआर परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको अवस्थामा बिमा दावी रकम भुक्तानी हुने व्यवस्था मिलाएको छ ।
यो कोरोना बिमावाट बैंकमा कार्यरत कर्मचारीहरुको मनोबल बढ्नुका साथै कर्मचारीलाई आर्थिक राहत समेत मिल्ने बैंकले विश्वास लिएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्