केही नदीमा बाढीको जोखिम, सतर्क रहन अपिल «

केही नदीमा बाढीको जोखिम, सतर्क रहन अपिल

सप्तकोशी, तमोर र नारायणी नदीमा बाढीको जोखिम रहेको भन्दै सरकारले आसपासमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । शुक्रबारदेखि देशका विभिन्न क्षेत्रमा परेको अविरल बर्षासँगै बाढीको जोखिम पनि बढेको हो ।
तराईका विभिन्न नदीमा पानीको बहाव बढे पनि ३ नदीमा भने बाढीको खतरा बढी रहेको बाढी पूर्वानुमान महाशाखाको वेबसाइटमा उल्ल्ेख छ । “सप्तकोशीमा बहाब बढ्दो हुने र सतर्कता आसपास पुग्ने, कोशीको मुख्य सहायक नदी तमोरमा बहाव खतरा तह आसपास हुने, नारायणीमा बहाब सतर्कताभन्दा माथि र खतरा आसपास हुने, कर्णली र यसको सहायक नदीमा बहाब आसपास हुने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनु पर्छ,” महाशाखाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्